.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Showing posts with label International News. Show all posts
Showing posts with label International News. Show all posts

भ्यालेन्टाइन मनाउँदा ३२ वर्ष कैद

Saturday, May 10, 2014

रियाद (एजेन्सीहरू), वैशाख २८ - महिला साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच युवालाई साउदी अरबको एउटा अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको छ । उनीहरूलाई अल फारुक क्षेत्रको भाडाको घरबाट गत १४ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।
 
उनीहरूमाथि महिलासँग अवैध सम्बन्ध बनाएको, नाचेको र रक्सी पिएकामा दोषी ठहर गरिएको छ । पार्टीमा सहभागी ६ महिलालाई अहिलेसम्म सजाय सुनाइएको छैन । पुरुष अभियुक्तहरूले भने जेद्दाहस्थित क्रिमिनल कोर्टसामु अपराध स्वीकारेका छन् । मुस्लिम सरिया कानुन कार्यान्वयन गर्ने सरकारी एजेन्सी कमिसन फर द प्रमोसन अफ भर्चु एन्ड पि्रभेन्सन अफ भाइस (सीपीभीपीभी) र सुरक्षाकर्मीको गस्तीले ती ११ जनालाई कब्जामा लिएको थियो ।
 
सीपीभीपीभीले सरिया कानुन अबज्ञा गर्नेमाथि निगरानी राख्छ । यसलाई धार्मिक प्रहरी पनि भनिन्छ । यसले धर्मको मार्गमा समाज चल्नुपर्ने भन्छ ।
 
सीपीभीपीभीमा झन्डै ४ हजार प्रहरी छन् । तिनलाई साउदी राजा अब्दुल्लाहले सीधै नियुक्त गर्छन्, जसलाई असीमित अधिकार दिइएको हुन्छ । त्यसका अधिकारीहरूले सार्वजनिक स्थानमा डे्रस कोड, महिला र पुरुषका अलग-अलग पंक्ति, नमाज (इस्लामका प्रार्थना), नमाजको समय र नागरिकको अनुचित व्यवहारजस्ता कुरामा निगरानी गर्छन् । त्यहाँको कानुनअनुसार भ्यालेन्टाइन डे मनाउन पाइँदैन । मदिरा सेवन निषेधित छ । महिलाले परम्परागत पहिरन लगाउनुपर्छ । परिवारका सदस्यबाहेक महिला-पुरुषको निकटता बर्जित छ ।
 
सञ्चारकर्मी पनि जेलमा
 
धर्मबारे टिकाटिप्पणी गरेको भन्दै साउदीकै अदालतले वेबसाइट सञ्चालक रइफ बदाबीलाई यो साता १० वर्ष जेल, हजार कोर्रा र १० लाख रियाल जरिवाना सुनाएको छ । उनलाई सन् २०१२ को जुनमा साइबर क्राइम गरेको भन्दै पक्राउ गरिएको थियो ।
 
 सन् २००८ मा स्थापना भएको फ्रि साउदी लिबरल नेटवर्क बेबसाइटका उनी संस्थापक हुन् । उनको बेबसाइटले परम्परावादी इस्लामिक राज्यमा धर्मको भूमिकाबारे बहस चलाएको थियो ।
 
उनले एक टेलिभिजन अन्तर्वार्तामा धार्मिक प्रहरीको आलोचना गरेको र पिताको आदेश नमानेको अभियोग पनि थियो । उनको वेबसाइटले साउदी धार्मिक व्यक्तित्व ग्रान्ड मुफ्तीको आलोचना हुने गरी लेख पनि प्रकाशन गरेको थियो । यसअघि उनलाई ती आरोपमा ७ वर्ष कैद र ६ सय कोर्राको सजाय सुनाइएको थियो । पुनरावेदन अदालतमा पुनः सुनुवाइ गरिँदा सजाय थपिएको हो ।
 
एमनेस्टी इन्टरनेसनलले अदालतको यो फैसलालाई 'उपद्रव' भनेको छ । उसले बदाबीलाई दिइएको सजाय रद्द गर्न आग्रह गरेको छ । सरकारी अभियोजन पक्षले भने उनलाई मृत्युदण्ड माग गरेको थियो । अलिखित कडा मुस्लिम कानुन अनुसरण गरिने उक्त मुलुकमा अदालतका जुनसुकै फैसलालाई आश्चर्य मानिँदैन । नजिर वा लिखित कानुनभन्दा न्यायाधीशकै व्याख्यामा फैसला हुन्छ ।
 
यो कठोर कानुनबाट महिला र पुरुष बराबर पीडित छन् । तेल भण्डार रहेको यस मुलुकमा महिलालाई सार्वजनिक स्थलमा गाडी चलाउनसमेत प्रतिबन्ध छ । उनीहरूले घर कम्पान्ड र मरुभूमिमा मात्र ड्राइभिङ गर्न पाउँछन् ।
 
४५ वर्षभन्दा कम उमेरका महिला यात्रामा निस्कँदा बुवा, काका, दाजु/भाइ वा पति साथमा हुनैपर्छ । घरमा पुरुष नभएमा घुमफिरका लागि लिखित अनुमति लिनुपर्छ । सार्वजनिक स्थलमा सांगीतिक कार्यक्रम र विद्यालयमा संगीत शिक्षामा प्रतिबन्ध छ ।
Continue Reading | comments

दक्षिण कोरियामा गाडी गुड्दा–गुड्दै रिचार्ज हुने विद्युतीय सडक बन्यो

Saturday, August 10, 2013


दक्षिण कोरियामा इलेक्ट्रिक सवारी साधन रिचार्ज हुने सडक नै बनाइएको छ । यस्तो प्रविधिमा रिचार्ज गर्न सवारी साधनलाई सडकमा रोक्नु नपर्ने गरी बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


कोरियमा बनेको १२ किलोमिटर लामो ईलेक्ट्रिक सडक विश्वमा पहिलो परियोजना भएको दाबी गरिएको छ । गुमी शहरस्थित रेल स्टेशनबाट डोङ जिल्ला जोड्ने यस्तो सडकमा अहिले दुई वटा सार्वजनिक बस गुड्ने छन् भने सन् २०१५ सम्म थप १० वटा बस थपिने लक्ष्य राखिएको छ । 



यो प्रविधिको लागि सवारी साधन र सडकमा उपकरण जडान गर्दा महंगो भएकाले निजी सवारी साधनका लागि प्रविधि महंगो पर्ने प्राविधिकहरुले बताएका छन् । 
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.