गजल
Tuesday, February 4, 2014
गजल
प्रज्वल पौडेल “पी स्क्वाएर”
बन्थ्यो सुन्दर संसार, सायद सँगै थियौ भने ।
उपहार यो जिन्दगी, खुसि साथ दियौ भने ।
अभिलासा बोकि डुल्दा, स्नेहको मन्दीरभित्र
तथास्तुको वाणी अघि, एकै सोच लियौ भने ।।
हिरा मोति मणिकमा, नजर कस्को लाग्दैन
जुट्न सक्छ हाम्रो माया, मिलाएर सियौ भने ।।।
साहित्यले जुटेको मन, हरायो कता आज
लाग्छ नसा गजलको, मदिरा ठानी पियौ भने ।।।।
सैपु ७ रामेछाप,
रेडियो रामेछाप ९५.८ मेगाहर्ज
Labels:
Gazal
Smritika pana 2070-10-06 First week broadcast
Monday, January 20, 2014
भनिन्छ कुनै पनि सिद्धान्त पालना गरेर हिड्नेहरु भन्दा भत्काउनेहरु महान हुन्छन् ।तर यसको सामान्यिकरण गरेर हरेक सिद्धान्तका नियमहरु तोड्दै हिड्नुलाइ महानता मान्न सकिन्न । सिद्धान्त आफैमा कुशल मार्गदर्शक र अनुशासन पनि हो । परिवर्तनहरुलाइ आत्मसाथ गर्दै यथा सम्भव स्थापित सिद्धान्तहरुलाइ पचाएर अघिबढ्नु नै लेखकीय मयार्दा पनि हो । @ स्मृतिका पाना @ प्रज्वल पौडेल@
Labels:
Smritika Panaharu
Smritika pana last week 2070-9-29
Tuesday, January 14, 2014
जीन्दगीको सबैभन्दा दुखद क्षण त्यो हो, जब कोही आफ्नै भन्नेले दिएको दुःखबाट आँखामा आँशु भरिएर आउँदा, उसैले सोध्छ 'के भयो ?' अनि हामीले फिस्स हाँस्दै भन्नुपर्छ 'केही हैन' पिडा आफै भित्र हुन्छ। करोडपती
किन नहोस चाहे सुकुम्बासी किन नहोस ,आखिर मान्छेनै हो ,सबैको रातो नै रगत बग्छ भौतिक रुपमा सबैको सरीर एउटै हो ,हरेक व्यक्तिका इच्छा आकांक्षा र महत्वाकांक्षी एउटै हुन्छन तर पनि यो
स्वार्थी संसारमा सबैलाई समानताले कहाँ हेरिन्छ र यहाँ त जसको धन सम्पति
त्यहि ठुलो त्यसैको इज्यत यो संसारको चक्रमा यहि नियम छापिएको हुदो रैछ | @ स्मृतिका पाना , प्रज्वल पौडेल
Labels:
Smritika Panaharu
गजल - नजाउ
Tuesday, December 31, 2013
गजल
नजाउ –
प्रज्वल पौडेल “पि स्क्वाएर”
दुइ आत्माको मिलन हाम्रो छुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।
शब्द शब्दमा अविरल बग्छ मायाको छाल
मधुर तिम्रो बचनले कुटाएर नजाउ ।।
अस्मिताको सवाल छ यहाँ नारी होस् या पुरुष
सुनकोशीको बगरमा लुटाएर नजाउ ।
भगवानले मेरो लागी नै पठाइदिए तिमी
आउ, अनायसै शत्रुता जुटाएर नजाउ ।।
स्मृतिमा कोरेका सपना पुरा गरौ मिलेर
कोमल मुटु सिसासरी फुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।।।
सैपु ७, रामेछाप
हाल रेडियो रामेछाप ९५.८ मेगाहर्जमा कार्यरत
नजाउ –
प्रज्वल पौडेल “पि स्क्वाएर”
दुइ आत्माको मिलन हाम्रो छुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।
शब्द शब्दमा अविरल बग्छ मायाको छाल
मधुर तिम्रो बचनले कुटाएर नजाउ ।।
अस्मिताको सवाल छ यहाँ नारी होस् या पुरुष
सुनकोशीको बगरमा लुटाएर नजाउ ।
भगवानले मेरो लागी नै पठाइदिए तिमी
आउ, अनायसै शत्रुता जुटाएर नजाउ ।।
स्मृतिमा कोरेका सपना पुरा गरौ मिलेर
कोमल मुटु सिसासरी फुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।।।
सैपु ७, रामेछाप
हाल रेडियो रामेछाप ९५.८ मेगाहर्जमा कार्यरत
Labels:
Gazal
स्मृतिका पाना २०७० पौष १ गते सोमवार
Tuesday, December 17, 2013
मित्रहरु विणाको तार खुकुलो पार्यो भने विणा नै बज्दैन र ज्यादै कसियो भने तार नै चुडिन्छ । दुबै अवस्थामा विणाले निकाल्नुपर्ने संगीत निकाल्न सक्दैन । विणाबाट मधुर संगीत निकाल्नका लागि जसरी विणाको तार ठिक्क कसेको हुनुपर्छ । त्यसैगरी जीवनको संगीत बजाउनका लागि, जीवनको आनन्द र रसास्वादन लिनका लागि जीवनको व्यवहार र गति साम्यक अर्थात् ठिक्क अवस्थामा हुनुपर्छ । दैनिक जीवनमा कुनैपनि कार्यमा अति गर्नु हुँदैन ।@ स्मृतिका पाना-प्रज्वल पौडेल
Labels:
Smritika Panaharu
साथीसँग भलाकुसारी २०७० साल मंसिर २९ गते शनिवार
Saturday, December 14, 2013
Labels:
Sathi Sanga Bhalakusari
SMRITIKA PANA 2070-8-24 Monday - PRAJWAL PAUDEL
Monday, December 9, 2013
Labels:
Smritika Panaharu
साथीसँग भलाकुसारी २०७० साल मंसिर २२ गते शनिवार
Saturday, December 7, 2013
Labels:
Sathi Sanga Bhalakusari
पियास लागे तिर्खा मेट्ने
Thursday, December 5, 2013
गजल
पियास लागे तिर्खा
मेट्ने, मूल तिम्रो गाँउमा छ
दिनरात सुवास
दिने, फूल तिम्रो गाँउमा छ ।
मनका इच्छा पूरा गर्न, यात्रा अघि बढ्यो भने
किनारबाट खोली तार्ने, पुल तिम्रो गाँउमा छ ।।
मलाई दिन सुहाउने, चोखो प्रितको सौगात
थकानमा विश्राम लिने, टुल तिम्रो गाँउमा छ ।।।
कोईलीको झै मिठो बोली, प्रकृतिको सौन्दर्यता
स्वागत गर्न पर्खिएको, तुल तिम्रो गाँउमा छ ।।।।
मदिराको मात जसरी, टाढा बस्न नसकिने
यौवनमा गर्नु एउटा, भुल तिम्रो गाँउमा छ ।।।।।
प्रज्वल पौडेल सैपू ७ रामेछाप 2068-08-
रेडियो रामेछाप ९५.८ मेगाहर्ज
Labels:
Gazal
रहर कस्तो हो ।
Tuesday, December 3, 2013
गजल
प्रज्वल पौडेल “पि स्क्वाएर”
नपिलाउदै लागीहाल्ने, जहर कस्तो हो,
उनकै साथ चाहिरहने, रहर कस्तो हो ।
अतित सबै भुलिदिन्छु, मधुर वोली सँगै
उनी पाए सधै हाँस्ने, बहर कस्तो हो ।
हिजो आफ्नै प्रेमी भन्यौ, आज पागलपन
कोमलनि कठोर बन्ने, सहर कस्तो हो ।।
कहिले हाँसो कहिले आँशु जे दिएपनि
मेरो मुटु कलेजी उनी,ठहर कस्तो हो ।।
सुनौलो विहानी देखि, आँखा नचिम्ले सम्म
अविरल बगीरहने, नहर कस्तो हो ।।।
कतै जोड्दा कतै तोड्दा, पाएन्छ के आखिर
स्मृतीमा अमर प्रेमको, लहर कस्तो हो ।।।।
सैपु ७, रामेछाप
प्रज्वल पौडेल “पि स्क्वाएर”
नपिलाउदै लागीहाल्ने, जहर कस्तो हो,
उनकै साथ चाहिरहने, रहर कस्तो हो ।
अतित सबै भुलिदिन्छु, मधुर वोली सँगै
उनी पाए सधै हाँस्ने, बहर कस्तो हो ।
हिजो आफ्नै प्रेमी भन्यौ, आज पागलपन
कोमलनि कठोर बन्ने, सहर कस्तो हो ।।
कहिले हाँसो कहिले आँशु जे दिएपनि
मेरो मुटु कलेजी उनी,ठहर कस्तो हो ।।
सुनौलो विहानी देखि, आँखा नचिम्ले सम्म
अविरल बगीरहने, नहर कस्तो हो ।।।
कतै जोड्दा कतै तोड्दा, पाएन्छ के आखिर
स्मृतीमा अमर प्रेमको, लहर कस्तो हो ।।।।
सैपु ७, रामेछाप
Labels:
Gazal
Subscribe to:
Posts
(
Atom
)






.jpg)

.jpg)



