.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Smritika pana 2071-01-08 second week @ Prajwal Paudel

Tuesday, April 22, 2014


साहित्यिक संसारभित्र के कति विषय समावेश गर्न दिने भन्ने जम्मै लेखकको सिप, कला, शैली प्रस्तुति र विभिन्न विषयको प्रकृतिलाई चिनी त्यसमा स्वस्थ र समानुपातिकरूपले समावेश गर्ने खुबीमा भरपर्ने कुरा हो । यसका निम्ति ठूलो साधना, अध्ययन, जागर, धैर्य र परिश्रमको आवश्यकपर्ने हुन्छ । कुनै कार्य गर्दा निश्चित उद्देश्य राखेर गर्न खोज्छ भने त्यो प्रभावकारी हुँदैन तर जुन कुरो उसको मनमा आउँछ, त्यो कुरो उसले स्वतः स्फूर्तरूपमा ल्याउन सक्यो भने त्यो प्रभावकारी हुन्छ । प्रत्येक मानिसको जस्तो जीवन छ, त्यसअनुसारको चिन्तन, मनन र व्यवहार हुन्छ । त्यसको प्रभाव उसको लेखनमा नपरि छोड्दैन  ।
@ स्मृतिका पाना # Prajwal Paudel
Continue Reading | comments

SMRITIKA PANA 2070-12-10 SECOND WEEK

Monday, March 24, 2014

आफैँ हुन्छ मित्रता प्रयास गर्नै पर्दैन । देख्ने बित्तिकै मित्रभाव पैदा हुन्छ, आफन्तभाव पैदा हुन्छ । अनि मन पर्छ सबैसबै कुरा । मित्रको कुनैपनि कुरा अर्काे मित्रलाई खराब लाग्दै आफैँ हुन्छ मित्रता प्रयास गर्नै पर्दैन । देख्ने बित्तिकै मित्रभाव पैदा हुन्छ, आफन्तभाव पैदा हुन्छ । अनि मन पर्छ सबैसबै कुरा । मित्रको कुनैपनि कुरा अर्काे मित्रलाई खराब लाग्दैन । किनभने मित्रले मित्रलाई खराब हुनै दिँदैन ।
बाहिरी आवरण हेरेर, तिम्रो तर्क र शब्द सुनेर तिमीलाई कसैले चिन्न सक्दैन । न हामी कसैलाई चिन्छौ तर हामीलाई हेरेर जो खुलेर हाँस्छ । हामीलाई हेर्दा जसको आँखामा प्रेम र आत्मियता झल्कन्छ । आफुसँगको भेटमा जो जमेर बस्छ । भेट्ने बित्तिकै जो रमाउँछ । जो आडम्बरको कुरा गर्दैन । आफ्ना कमजोरी पनि जो खुलेर बताउँछ, आफ्नो सफलतालाई जसले बढाईचढाई भन्दैन र आफ्नो दुःखलाई जसले तिम्रो मन कुडिने गरी पनि बताउँदैन त्यो तिम्रो वास्तविक प्रेमी हो, मित्र हो । जोसँग बस्दा तिमीलाई समय बितेको पत्ता हुँदैन, जसलाई छाड्दा तिमीलाई शून्यता महसुस हुन्छ । जसको कुरा काटेको सुन्दा नराम्रो लाग्छ र जसको प्रशंसा सुनेर आनन्द लाग्छ त्यसका ेहामी असल मित्र हौँ, प्रेमी हौ ।
@ SMRITIKA PANA

हुनत मानिस समय अनुसार परिवर्तन हुदै जान्छ , तर पनि आफुलाइ मन परेको बेला भावनामा डुवेको बेला कुनै प्रेमीकाले आफ्नो प्रेमीलाइ चिठी पठाउदै भन्ने गर्छिन ,कुनै मित्रको बिशाल भावना पढ्न पाउँदा भोक तिर्खा हराएका, अनि तिनै भावनाको कदर गर्न नसक्ने , जति कदर गरेतापनि अधुरै रहन्छ । जसरी कहिल्यै  सागर रितिदैन, अनि हाम्रो मित्रतामा यति शितल ता छ भनेर बल्ल हिजो आज न्यानो आभास पाइरहेको छ जहाँ हामीले रोपेको सानो मित्रतारुपी विरुवा आज वढेर चर्को घाममा शितलता प्रदान गर्ने डाडाका बर पिपलु जस्तै भएको तर पनि हामी एक अर्कोलाइ विस्वास गरेनौ भने अनि असली मित्रता पहिचान गर्न सकेनौ भने जुन मित्रता सफलता नहोला भन्न सकिन्न ।हाम्रो नाता आकाशमा रहेको धु्रवतारा जस्तै अटल र अमर रहेर सधैँ चम्कीरहेको छ फेरी हाम्रो सम्वन्ध चन्द्रमाको चाँदनी जस्तै सधै घाम र छायाँ जस्तै सँगै रहनेछ त्यसैले हाम्रो सम्वन्ध वा हाम्रो निश्चल भावनात्मक नातालाइ चुडिन्छकि, छुट्छकी, टुट्छकि भनेर नसोच्नु भन्दै फकाउनु, चिठी आदन प्रदान गर्नु भएको होला ति दिनहरु नियाल्दै हुनुहोला विश्वास नै हो संसार हाक्ने उपकरण भन्छन् साथीलाइ अनुरोध या आग्रह गर्दै यो साथलाइ निरन्तरता दिइनै बस्नुहोला जस्तो सुकै परिस्थीतीमा पनि नतोड्नुहोस्, यो साथ नछोड्नु होला यी सहयोगी हातहरु तिम्रै लागी दिर्घरहन्छन् कहिल्यै घातमा परिणत हुदैनन् भन्दै फकाउनु
हुन्थ्यो होला । आज निरन्तरता दिन सक्न भएको छ या छैन के भइ रहेको छ मनन गर्दै रहनु भएको होला । समयलाइ चिन्न नसक्दा अनि अरुको लहै लहैका लाग्दा पाएका दुख कष्ट आसु हासो सम्पूर्ण सम्झदै हुनुहुन्छ होला। अनि कलमका डोवहरु अगाडि बढाउदै हुनुहून्छ होला हुनत आफ्नै मायालुले लेखेका शब्दहरु अक्षरहरु सुन्दर बुट्टा कुदेझै लाग्छन् लपपतिएको पत्तै पाउनु हुन्न । @ PRAJWAL PAUDEL
Continue Reading | comments

Smritika Pana 2070-11-26 Pravu bibas Interview Last Monday

Monday, March 10, 2014

स्वर्णीम विहानी साहित्यिक प्रतिष्ठान सितलपाटी ६ सिन्धुलीका अध्यक्ष प्रभु विवस सँग प्रज्वल पौडेलले लिएको अन्तवार्ता 2070-11-26
गजल त्यो छन्दवद्ध, लालित्यपुर्ण र श्रुतिमधुर भाव तथा अनुभुतिको तरंग मिश्रीत श्रृंगारीक रस हो, जसमा रुप सौन्दर्यको वखान गरिएको हुन्छ वा प्रेम-प्रणयका अभिव्यक्तिहरुले भरिपुर्ण हुन्छन् ।

यद्यपी, आधुनिक गजलको विकाससंगै  गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ ।@ स्मृतिका पाना # Prajwal Paudel

Continue Reading | comments

SMRITIKA PANA 2070-11-05 first monday

Monday, February 17, 2014

कसैलाई मनमा बसाउनु प्रेम होइन, प्रेम कसैलाई प्राप्त गर्नुको नाम पनि होइन । प्रेम त्यो प्यासन हो, जसमा व्यक्ति आफूले चाहेका व्यक्तिका लागि समर्पित रहन्छ। प्रेमको अभिव्यक्ति आवश्यक हुँदैन न त यो कुनै उमेर सीमाभित्र कैद हुन्छ। प्रेम सबै बन्धनबाट पर र माथि हुन्छ। यस्तो जब कसैलाई हुन्छ, ऊ स्वयंलाई थाहा हुँदैन, जे भैरहेको छ त्यो प्रेम नै हो। कुनै व्यक्ति विशेषका बारेमा हरेक समय सोचिरहनु, आफ्नो बुद्धि एवं विवेकमा नियन्त्रण राख्न नसकेर विवश हुनु, त्यो व्यक्तिको बढी चिन्तन र ख्याल राख्नु एवं उसलाई कुनै पनि हालतमा प्राप्त गर्न विवश हुनु प्रेम हो। @ SMRITIKA PANA#


प्रज्वल पौडेल prajwal.smritikapana@gmail.com
Continue Reading | comments

Smritika Pana 2070-10-27 with Peshal Aacharya Interview

Monday, February 10, 2014

साहित्य मन, भावनाको भाव सागर र संसार हो। सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा सशक्त कला पनि हो।  साहित्यले धनी, गरिब, रोगी, निरोगी, युवा बृद्ध कसैलाई पनि छुट्ट्याउँदैनन्। जुनसुकै बेला कुनै कुरा पोख्न सजिलो होला तर साहित्य यस्तो चिज हो जुन मनको कठोर प्रशाव पीडाबाट मात्रै साहित्यको जन्म अथाव सिर्जना हुन्छ। साहित्य जो कसैले मन परेर, चाहेर रमाइलोको लागि सिर्जना गर्छु भनेर हुँदैन।@Smritika Pana # प्रज्वल पौडेल #

साहित्यकार पेशल आचार्यसँगको भलाकुसारी २०७० साल माघ २७ गते सोमवार
Continue Reading | comments

दलित जागरण २०७०/१०/२६ ( बादी समुदायको प्रोफाईल )

Sunday, February 9, 2014

Continue Reading | comments

गजल

Tuesday, February 4, 2014



गजल
प्रज्वल पौडेल “पी स्क्वाएर”


बन्थ्यो सुन्दर संसार, सायद सँगै थियौ भने ।
उपहार यो जिन्दगी, खुसि साथ दियौ भने ।

अभिलासा बोकि डुल्दा, स्नेहको मन्दीरभित्र
तथास्तुको वाणी अघि, एकै सोच लियौ भने ।।

हिरा मोति मणिकमा, नजर कस्को लाग्दैन
जुट्न सक्छ हाम्रो माया, मिलाएर सियौ भने ।।।

साहित्यले जुटेको मन, हरायो कता आज
लाग्छ नसा गजलको, मदिरा ठानी पियौ भने ।।।।
सैपु ७ रामेछाप,

 रेडियो रामेछाप ९५‌.८ मेगाहर्ज
Continue Reading | comments

Smritika pana 2070-10-06 First week broadcast

Monday, January 20, 2014

भनिन्छ कुनै पनि सिद्धान्त पालना गरेर हिड्नेहरु भन्दा भत्काउनेहरु महान हुन्छन् ।तर यसको सामान्यिकरण गरेर हरेक सिद्धान्तका नियमहरु तोड्दै हिड्नुलाइ महानता मान्न सकिन्न । सिद्धान्त आफैमा कुशल मार्गदर्शक र अनुशासन पनि हो । परिवर्तनहरुलाइ आत्मसाथ गर्दै यथा सम्भव स्थापित सिद्धान्तहरुलाइ पचाएर अघिबढ्नु नै लेखकीय मयार्दा पनि हो । @ स्मृतिका पाना @ प्रज्वल पौडेल@
Continue Reading | comments

Smritika pana last week 2070-9-29

Tuesday, January 14, 2014

जीन्दगीको सबैभन्दा दुखद क्षण त्यो हो, जब कोही आफ्नै भन्नेले दिएको दुःखबाट आँखामा आँशु भरिएर आउँदा, उसैले सोध्छ 'के भयो ?' अनि हामीले फिस्स हाँस्दै भन्नुपर्छ 'केही हैन' पिडा आफै भित्र हुन्छ। करोडपती किन नहोस चाहे सुकुम्बासी किन नहोस ,आखिर मान्छेनै हो ,सबैको रातो नै रगत बग्छ भौतिक रुपमा सबैको सरीर एउटै हो ,हरेक व्यक्तिका इच्छा आकांक्षा र महत्वाकांक्षी एउटै हुन्छन तर पनि यो स्वार्थी संसारमा सबैलाई समानताले कहाँ हेरिन्छ र यहाँ त जसको धन सम्पति त्यहि ठुलो त्यसैको इज्यत यो संसारको चक्रमा यहि नियम छापिएको हुदो रैछ | @ स्मृतिका पाना , प्रज्वल पौडेल
Continue Reading | comments

गजल - नजाउ

Tuesday, December 31, 2013

गजल
नजाउ –
प्रज्वल पौडेल “पि स्क्वाएर”
दुइ आत्माको मिलन हाम्रो छुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।

शब्द शब्दमा अविरल बग्छ मायाको छाल
मधुर तिम्रो बचनले कुटाएर नजाउ ।।

अस्मिताको सवाल छ यहाँ नारी होस् या पुरुष
सुनकोशीको बगरमा लुटाएर नजाउ ।

भगवानले मेरो लागी नै पठाइदिए तिमी
आउ, अनायसै शत्रुता जुटाएर नजाउ ।।

स्मृतिमा कोरेका सपना पुरा गरौ मिलेर
कोमल मुटु सिसासरी फुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।।।

सैपु ७, रामेछाप
हाल रेडियो रामेछाप ९५.८ मेगाहर्जमा कार्यरत
Continue Reading | comments

स्मृतिका पाना २०७० पौष १ गते सोमवार

Tuesday, December 17, 2013

मित्रहरु विणाको तार खुकुलो पार्‍यो भने विणा नै बज्दैन र ज्यादै कसियो भने तार नै चुडिन्छ । दुबै अवस्थामा विणाले निकाल्नुपर्ने संगीत निकाल्न सक्दैन । विणाबाट मधुर संगीत निकाल्नका लागि जसरी विणाको तार ठिक्क कसेको हुनुपर्छ । त्यसैगरी जीवनको संगीत बजाउनका लागि, जीवनको आनन्द र रसास्वादन लिनका लागि जीवनको व्यवहार र गति साम्यक अर्थात् ठिक्क अवस्थामा हुनुपर्छ । दैनिक जीवनमा कुनैपनि कार्यमा अति गर्नु हुँदैन ।@ स्मृतिका पाना-प्रज्वल पौडेल
Continue Reading | comments

साथीसँग भलाकुसारी २०७० साल म‌ंसिर २९ गते शनिवार

Saturday, December 14, 2013

रेडियो रामेछापको पृथक साप्ताहिक कार्यक्रम साथीसँग भलाकुसारीमा ,कथा , रिपोर्ट , तपाइकै लेटर सेग्मेन्टवाट सन्देशका साथै मनोरञ्जन दिने हाम्रो प्रयास सुन्न नभुल्नुहोला। प्रतिक्रियाका लागी Radioramechhap@yahoo.com  मा दिनुहोला । रेडियो रामेछाप परिवार
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.