SMRITIKA PANA 2071-4-12 SECOND WEEK BROADCAST @ PRAJWAL PAUDEL
Monday, July 28, 2014
@ Prajwal Paudel- smritika pana 2071-4-12 second week
Labels:
Smritika Panaharu
SMRITIKA PANA 2071-03-30 INTERVIEW KALPANA PRAKRITI @ Prajwal Paudel
Wednesday, July 16, 2014
हरेक
सोमवार विविसि नेपाली सेवा पछि १० बजे सम्म आउने कार्यक्रम स्मृतिका पानामा
आज मिति २०७१ साल असार ३० गते नेपाली साहित्यमा योगदान पुर्याउदै आउनु
भएका श्रष्टाहरुसँग भलाकुसारी गर्ने क्रममा यस अंकमा कल्पना प्रकृति तामाङलाइ स्टुडियोमा
निमन्त्रणा गरेको छु । रामेछाप जिल्ला सालु गाविस वडा नं ३ निवासि पिता
इन्द्र बहादुर तामाङ माता सरीता तामाङको कोखवाट २०४४
साल पौष ५ गते जन्मनु भएका कल्पना प्रकृति साहित्य सिर्जनाका अतिरिक्त
सामाजिक कार्यमा पनि उत्तिकै अभिरुची र संलग्नता राख्दै आउनु भएको छ ।
स्रष्टा संगम रामेछापकी संयोजक समेत रहेर रामेछाप जिल्लाको परिवेशमा नेपाली
साहित्यको एक स्थापित नारी हस्ताक्षरको रुपमा समेत चीरपरिचित हुनुहुन्छ ।
नेपाली साहित्यको खास गरी नारी उपस्थितिको अत्यन्त न्यूनता रहेको फाँटमा
विशेष सक्रियता देखाइ आफ्नो कलमको विशिष्ट कौशलले जिल्लामा चर्चित बन्न
सफल हुनुभएको छ ।
सुन्न नभुल्नुहोला ।।स्मृतिका पाना ।। प्रज्वल पौडेल - रेडियो रामेछाप
सुन्न नभुल्नुहोला ।।स्मृतिका पाना ।। प्रज्वल पौडेल - रेडियो रामेछाप
Labels:
Smritika Panaharu
SMRITIKA PANA 2071-03-23 UDHABA ACHARYA @ PRAJWALP2 -उद्धवप्रसाद आचार्य “अविचल” सँग भलाकुसारी
Tuesday, July 8, 2014
आज मिति २०७१ साल असार २३ गते सोमवार, विविसी नेपाली सेवा पछि राती १० बजे
सम्म रेडियो रामेछाप ९५.८ मेगाहर्जमा आउने साहित्यिक कार्यक्रम स्मृतिका
पानामा रामेछाप जिल्ला सुनारपानी ९ रामेछापका स्रष्टा उद्धवप्रसाद आचार्य
“अविचल” हाम्रो स्टुडियोमा हुनुहन्छ । उहाँले अहिले सम्म विदेशी भुमिमा (खण्डकाव्य) २०६२, डोरीको पासो (शोक
काव्य)२०६९,र स्मृतिमा महेन्द्रोदय (परिचयात्मक खण्डकाव्य) २०७० कृति
प्रकाशित गरिसक्नुभएको छ भने , अनि झर्यो फूल (गजल संग्रह) साथै ऊ फर्किन
आखिर (उपन्यास) प्रकाशनको दौरानमा रहेका छन् ।
उद्धवप्रसाद आचार्य
“अविचल”सँगको भलाकुसारी सुनिसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला ।@ -स्मृतिका पाना - प्रज्वल
पौडेल
Labels:
Smritika Panaharu
Smritika Pana 03-09 Ramechhap Sahityik Programme @ Prajwal Paudel
Tuesday, June 24, 2014
स्मृतिका पाना कार्यक्रममा रामेछापको सदरमुकाम मन्थलीमा असार ७ गते शनिवार स्रष्टा संगम रामेछापको आयोजनामा अक्षरयात्रा अभियान २ अन्तरगत कवि डा. सुमन कर्माचार्य ले गर्नुभएको एकल कविता बाचन र आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह का दुइ साहित्यिक कार्यक्रमहरु तामाकोशी सेवा समितिको गेष्ट हाउसमा सँगसगै सम्पन्न भएका थिए सो कार्यक्रममा भएका गतिविधी र श्रष्टाहरुको आवाजमा उहाँहरुको सिर्जना , कविता, गजल ,प्रस्तुत गरेको छु सुन्न नभुल्नुहोला ।
कार्यक्रमका प्रमुख अतिथिहरु-
धमेन्द्र झा -पुर्व केन्द्रिय अध्यक्ष नेपाल पत्रकार महासंघ
निलकण्ठ भट्टराइ - उपाध्यक्ष आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी
टेकराज निरौला - स्थानिय विकास अधिकारी रामेछाप
कार्यक्रममा निम्न व्यक्तित्वहरुले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
१ डा सुमन कर्माचार्य – १२ वटा एकल कविता वाचन, स्रष्टा संगम,रामेछाप
२ जीवन आचार्य - आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह सर्लाहीका संयोजक
३ पेशल आचार्य - सहप्राध्यापक मन्थली उमावि, स्रष्टा संगम,रामेछाप
४ सौजन्यप्रसाद सत्याल - प्रबन्धक रेडियो रामेछाप ,स्रष्टा संगम,रामेछाप
५ केशव अमोल तिमल्सिना - प्रिन्सीपल ,कर्कलादेवी वोडिङ स्कुल – दीपन द्धैमासिक साहित्यिक पत्रिका ( प्रधान सम्पादक)
६ उद्धव आचार्य अविचल ,स्रष्टा संगम,रामेछाप
७ प्रज्वल पौडेल पि स्क्वाएर -रेडियो रामेछाप स्मृतिका पाना कार्यक्रम संचालक,स्रष्टा संगम,रामेछाप
८ अप्रिल अधिकारी पत्रकार
९ प्रकाश न्यापाने ,स्रष्टा संगम,रामेछाप
१० प्रभु विवस -स्रष्टा संगम,रामेछाप दीपन द्धैमासिक साहित्यिक पत्रिका (सहसम्पादक)
११ प्रिन्स प्रकास
१२ कल्पना प्रकृति तामाङ - स्रष्टा संगम संयोजक
१३ डम्वर चौलागाइ -कोषाध्यक्ष कला साहित्य प्रतिष्ठान दोलखा
१४ मुराहरी दुलाल - महासचिव कला साहित्य प्रतिष्ठान दोलखा
१५ देवी प्रसाद काफ्ले - प्राध्यापक हजारी जनक विद्यापिठ जनकपुर
१६ तोयानाथ घिमिरे - आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी सदस्य -सचिव
१७ निलकण्ठ भट्टराइ - उपाध्यक्ष आदिकवि भानुभक्त आचार्य द्विसत बार्षिकी समारोह जनकपुर अञ्चल कमिटी
१८ रमेश ढुङ्गेल - अध्यक्ष नेपाल पत्रकार महासंघ रामेछाप
१९ सजना वाइवा
२० खिच बहादुर खड्का
२१ लाल बहादुर तामाङ ,स्रष्टा संगम,रामेछाप
२२ ब्लु स्काइ लामा - गाविस सचिव
२३ हरिनारायण खतिवडा
२४ शान्ता पौडेल
२५ राजकुमार भुजेल ,स्रष्टा संगम,रामेछाप
२६ भरत सापकोटा
२७ सरीता श्रेष्ठ
लगायत अन्य धेरैको उपस्थिति................
कार्यक्रम प्रस्तोता प्रज्वल पौडेल पि स्क्वाएर- सुन्न नभुल्नुहोला @ स्मृतिका पाना
2071-03-09
Labels:
Smritika Panaharu
SMRITIKA PANA 2071 -02-12 Yekal Bachan Manthali with Peshal AAcharya
Monday, May 26, 2014
स्मृतिका पानाको यो अंकमा स्रष्टा संगम रामेछापको आयोजनामा जेठ १० गते शनिवार सदरमुकाम मन्थलीमा अक्षरयात्रा अभियान अन्तरगत साहित्यीक कार्यक्रममा कवि पेशल आचार्यले ११ वटा कविता, एकल बाचन गर्नुभएको थियो । उहाँको वारेमा थप जानकारी सहितको साहित्यिक रिपोर्ट र सोहि कार्यक्रममा बाचन भएका कविता , इमेल ,फेशबुक मार्फत प्राप्त गजल समावेश रहेको छ । कार्यक्रम स्मृतिका पानामा सुन्न नभुल्नुहोला ।।
@ Prajwal Paudel 2071-02-12
साहित्य सँग हरेक मानिसको नाता गाँसिएको हुन्छ सम्वन्ध जोडिएको हुन्छ ।
Labels:
Smritika Panaharu
Smritika Pana 2071-01-29 Last Week @ Prajwal Paudel - Radio Ramechhap 95.8 mhz
Tuesday, May 13, 2014
हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । रचनाको लागि चाहिने मूल तत्व भाषा हो । मनको भाव व्यक्त गर्ने सार्थक ध्वनिको समष्टि तथा लिखित अक्षरलाई नै भाषा भनिन्छ । भाषाको माध्यमबाट मानिसले आफ्नाा मनका भावविचारहरूको आदानप्रदान गर्दछ । यसरी मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो । यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्तछ । जब यस जीवनजगत्को अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा गरिन्छ तब त्यो साहित्य हुन्छ ।@ स्मृतिका पाना # प्रज्वल पौडेल #
Labels:
Smritika Panaharu
International News
,
News
भ्यालेन्टाइन मनाउँदा ३२ वर्ष कैद
Saturday, May 10, 2014
रियाद (एजेन्सीहरू), वैशाख २८ - महिला
साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच युवालाई साउदी अरबको एउटा
अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको छ ।
उनीहरूलाई अल फारुक क्षेत्रको भाडाको घरबाट गत १४ फेब्रुअरीमा पक्राउ
गरिएको थियो ।
उनीहरूमाथि महिलासँग अवैध सम्बन्ध बनाएको,
नाचेको र रक्सी पिएकामा दोषी ठहर गरिएको छ । पार्टीमा सहभागी ६ महिलालाई
अहिलेसम्म सजाय सुनाइएको छैन । पुरुष अभियुक्तहरूले भने जेद्दाहस्थित
क्रिमिनल कोर्टसामु अपराध स्वीकारेका छन् । मुस्लिम सरिया कानुन
कार्यान्वयन गर्ने सरकारी एजेन्सी कमिसन फर द प्रमोसन अफ भर्चु एन्ड
पि्रभेन्सन अफ भाइस (सीपीभीपीभी) र सुरक्षाकर्मीको गस्तीले ती ११ जनालाई
कब्जामा लिएको थियो ।
सीपीभीपीभीले सरिया कानुन अबज्ञा गर्नेमाथि
निगरानी राख्छ । यसलाई धार्मिक प्रहरी पनि भनिन्छ । यसले धर्मको मार्गमा
समाज चल्नुपर्ने भन्छ ।
सीपीभीपीभीमा झन्डै ४ हजार प्रहरी छन् ।
तिनलाई साउदी राजा अब्दुल्लाहले सीधै नियुक्त गर्छन्, जसलाई असीमित अधिकार
दिइएको हुन्छ । त्यसका अधिकारीहरूले सार्वजनिक स्थानमा डे्रस कोड, महिला र
पुरुषका अलग-अलग पंक्ति, नमाज (इस्लामका प्रार्थना), नमाजको समय र नागरिकको
अनुचित व्यवहारजस्ता कुरामा निगरानी गर्छन् । त्यहाँको कानुनअनुसार
भ्यालेन्टाइन डे मनाउन पाइँदैन । मदिरा सेवन निषेधित छ । महिलाले परम्परागत
पहिरन लगाउनुपर्छ । परिवारका सदस्यबाहेक महिला-पुरुषको निकटता बर्जित छ ।
सञ्चारकर्मी पनि जेलमा
धर्मबारे टिकाटिप्पणी गरेको भन्दै साउदीकै
अदालतले वेबसाइट सञ्चालक रइफ बदाबीलाई यो साता १० वर्ष जेल, हजार कोर्रा र
१० लाख रियाल जरिवाना सुनाएको छ । उनलाई सन् २०१२ को जुनमा साइबर क्राइम
गरेको भन्दै पक्राउ गरिएको थियो ।
सन् २००८ मा स्थापना भएको फ्रि साउदी
लिबरल नेटवर्क बेबसाइटका उनी संस्थापक हुन् । उनको बेबसाइटले परम्परावादी
इस्लामिक राज्यमा धर्मको भूमिकाबारे बहस चलाएको थियो ।
उनले एक टेलिभिजन अन्तर्वार्तामा धार्मिक
प्रहरीको आलोचना गरेको र पिताको आदेश नमानेको अभियोग पनि थियो । उनको
वेबसाइटले साउदी धार्मिक व्यक्तित्व ग्रान्ड मुफ्तीको आलोचना हुने गरी लेख
पनि प्रकाशन गरेको थियो । यसअघि उनलाई ती आरोपमा ७ वर्ष कैद र ६ सय
कोर्राको सजाय सुनाइएको थियो । पुनरावेदन अदालतमा पुनः सुनुवाइ गरिँदा सजाय
थपिएको हो ।
एमनेस्टी इन्टरनेसनलले अदालतको यो फैसलालाई
'उपद्रव' भनेको छ । उसले बदाबीलाई दिइएको सजाय रद्द गर्न आग्रह गरेको छ ।
सरकारी अभियोजन पक्षले भने उनलाई मृत्युदण्ड माग गरेको थियो । अलिखित कडा
मुस्लिम कानुन अनुसरण गरिने उक्त मुलुकमा अदालतका जुनसुकै फैसलालाई आश्चर्य
मानिँदैन । नजिर वा लिखित कानुनभन्दा न्यायाधीशकै व्याख्यामा फैसला हुन्छ ।
यो कठोर कानुनबाट महिला र पुरुष बराबर
पीडित छन् । तेल भण्डार रहेको यस मुलुकमा महिलालाई सार्वजनिक स्थलमा गाडी
चलाउनसमेत प्रतिबन्ध छ । उनीहरूले घर कम्पान्ड र मरुभूमिमा मात्र ड्राइभिङ
गर्न पाउँछन् ।
४५ वर्षभन्दा कम उमेरका महिला यात्रामा
निस्कँदा बुवा, काका, दाजु/भाइ वा पति साथमा हुनैपर्छ । घरमा पुरुष नभएमा
घुमफिरका लागि लिखित अनुमति लिनुपर्छ । सार्वजनिक स्थलमा सांगीतिक
कार्यक्रम र विद्यालयमा संगीत शिक्षामा प्रतिबन्ध छ ।
Labels:
International News
,
News
Smritika pana 2071-01-08 second week @ Prajwal Paudel
Tuesday, April 22, 2014
साहित्यिक संसारभित्र के कति विषय समावेश गर्न दिने भन्ने जम्मै लेखकको सिप, कला, शैली प्रस्तुति र विभिन्न विषयको प्रकृतिलाई चिनी त्यसमा स्वस्थ र समानुपातिकरूपले समावेश गर्ने खुबीमा भरपर्ने कुरा हो । यसका निम्ति ठूलो साधना, अध्ययन, जागर, धैर्य र परिश्रमको आवश्यकपर्ने हुन्छ । कुनै कार्य गर्दा निश्चित उद्देश्य राखेर गर्न खोज्छ भने त्यो प्रभावकारी हुँदैन तर जुन कुरो उसको मनमा आउँछ, त्यो कुरो उसले स्वतः स्फूर्तरूपमा ल्याउन सक्यो भने त्यो प्रभावकारी हुन्छ । प्रत्येक मानिसको जस्तो जीवन छ, त्यसअनुसारको चिन्तन, मनन र व्यवहार हुन्छ । त्यसको प्रभाव उसको लेखनमा नपरि छोड्दैन ।
@ स्मृतिका पाना # Prajwal Paudel
Labels:
Smritika Panaharu
SMRITIKA PANA 2070-12-10 SECOND WEEK
Monday, March 24, 2014
आफैँ हुन्छ मित्रता प्रयास गर्नै पर्दैन । देख्ने बित्तिकै मित्रभाव पैदा हुन्छ, आफन्तभाव पैदा हुन्छ । अनि मन पर्छ सबैसबै कुरा । मित्रको कुनैपनि कुरा अर्काे मित्रलाई खराब लाग्दै आफैँ हुन्छ मित्रता प्रयास गर्नै पर्दैन । देख्ने बित्तिकै मित्रभाव पैदा हुन्छ, आफन्तभाव पैदा हुन्छ । अनि मन पर्छ सबैसबै कुरा । मित्रको कुनैपनि कुरा अर्काे मित्रलाई खराब लाग्दैन । किनभने मित्रले मित्रलाई खराब हुनै दिँदैन ।
बाहिरी आवरण हेरेर, तिम्रो तर्क र शब्द सुनेर तिमीलाई कसैले चिन्न सक्दैन । न हामी कसैलाई चिन्छौ तर हामीलाई हेरेर जो खुलेर हाँस्छ । हामीलाई हेर्दा जसको आँखामा प्रेम र आत्मियता झल्कन्छ । आफुसँगको भेटमा जो जमेर बस्छ । भेट्ने बित्तिकै जो रमाउँछ । जो आडम्बरको कुरा गर्दैन । आफ्ना कमजोरी पनि जो खुलेर बताउँछ, आफ्नो सफलतालाई जसले बढाईचढाई भन्दैन र आफ्नो दुःखलाई जसले तिम्रो मन कुडिने गरी पनि बताउँदैन त्यो तिम्रो वास्तविक प्रेमी हो, मित्र हो । जोसँग बस्दा तिमीलाई समय बितेको पत्ता हुँदैन, जसलाई छाड्दा तिमीलाई शून्यता महसुस हुन्छ । जसको कुरा काटेको सुन्दा नराम्रो लाग्छ र जसको प्रशंसा सुनेर आनन्द लाग्छ त्यसका ेहामी असल मित्र हौँ, प्रेमी हौ । @ SMRITIKA PANA
हुनत मानिस समय अनुसार परिवर्तन हुदै जान्छ , तर पनि आफुलाइ मन परेको बेला भावनामा डुवेको बेला कुनै प्रेमीकाले आफ्नो प्रेमीलाइ चिठी पठाउदै भन्ने गर्छिन ,कुनै मित्रको बिशाल भावना पढ्न पाउँदा भोक तिर्खा हराएका, अनि तिनै भावनाको कदर गर्न नसक्ने , जति कदर गरेतापनि अधुरै रहन्छ । जसरी कहिल्यै सागर रितिदैन, अनि हाम्रो मित्रतामा यति शितल ता छ भनेर बल्ल हिजो आज न्यानो आभास पाइरहेको छ जहाँ हामीले रोपेको सानो मित्रतारुपी विरुवा आज वढेर चर्को घाममा शितलता प्रदान गर्ने डाडाका बर पिपलु जस्तै भएको तर पनि हामी एक अर्कोलाइ विस्वास गरेनौ भने अनि असली मित्रता पहिचान गर्न सकेनौ भने जुन मित्रता सफलता नहोला भन्न सकिन्न ।हाम्रो नाता आकाशमा रहेको धु्रवतारा जस्तै अटल र अमर रहेर सधैँ चम्कीरहेको छ फेरी हाम्रो सम्वन्ध चन्द्रमाको चाँदनी जस्तै सधै घाम र छायाँ जस्तै सँगै रहनेछ त्यसैले हाम्रो सम्वन्ध वा हाम्रो निश्चल भावनात्मक नातालाइ चुडिन्छकि, छुट्छकी, टुट्छकि भनेर नसोच्नु भन्दै फकाउनु, चिठी आदन प्रदान गर्नु भएको होला ति दिनहरु नियाल्दै हुनुहोला विश्वास नै हो संसार हाक्ने उपकरण भन्छन् साथीलाइ अनुरोध या आग्रह गर्दै यो साथलाइ निरन्तरता दिइनै बस्नुहोला जस्तो सुकै परिस्थीतीमा पनि नतोड्नुहोस्, यो साथ नछोड्नु होला यी सहयोगी हातहरु तिम्रै लागी दिर्घरहन्छन् कहिल्यै घातमा परिणत हुदैनन् भन्दै फकाउनु
हुन्थ्यो होला । आज निरन्तरता दिन सक्न भएको छ या छैन के भइ रहेको छ मनन गर्दै रहनु भएको होला । समयलाइ चिन्न नसक्दा अनि अरुको लहै लहैका लाग्दा पाएका दुख कष्ट आसु हासो सम्पूर्ण सम्झदै हुनुहुन्छ होला। अनि कलमका डोवहरु अगाडि बढाउदै हुनुहून्छ होला हुनत आफ्नै मायालुले लेखेका शब्दहरु अक्षरहरु सुन्दर बुट्टा कुदेझै लाग्छन् लपपतिएको पत्तै पाउनु हुन्न । @ PRAJWAL PAUDEL

Subscribe to:
Posts
(
Atom
)