.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







साझा चासो ।

Monday, November 23, 2015

साझा चासो ।
बहस : भुकम्प पछि पुनर्निर्माण
रामेछाप:
जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रजिअ शेषनारायण पौडेल ।
जिल्ला प्राविधिक कार्यलयका प्रमुख विजयमूनि बज्रचार्य र
अनेमसंघ का अध्यक्ष शान्तादेवी सापकोटा र
30/35 सहभागीको साथमा 
Continue Reading | comments

SMRITIKA PANA 2072- 08- 07 Prajwal Paudel

आजको नेपाली गजल जीवनका बहुमुखी आयाम र आयतनसम्म फैलिएको छ । सायदै जीवनको  त्यस्तो कुनै पाटो बाँकी होस् जुन गजलले नछोएको होस् । जीवनका समग्र  जटिलतालाई नेपाली गजलले निकै गम्भीरताका साथ टिपेको छ । समकालीन  समाजका हरेक अवयव र प्रवृत्तिको मिहीन टिपोट र प्रभावकारी अभिव्यक्ति  गजलबाहेक अर्को कुनै विधाले सायदै गरेको होला । पछिल्लो दशक नेपाली गजलको  स्वर्णिम युगका रूपमा स्थापित भएको छ । सङ्ख्यात्मक र गुणात्मक विस्तारका  अतिरिक्त प्राज्ञिक पहिचान, सङ्गीतसितको घनिष्टता, प्रकाशन, अनुसन्धानजस्ता  विशिष्ट क्रियाकलाप  यसका प्राप्ति हुन् ।
गजल कार्यक्रम ।
स्मृतिका पाना 2072-08-07 सोमबार प्रस्तुती : प्रज्वल पौडेल 
Continue Reading | comments

SMRITIKAPANA 2072-05-07 @ PRAJWAL PAUDEL

Friday, August 28, 2015

साहित्यको यो अथाह सागरमा सिर्जनाका असङ्ख्य मोती फूलाउने तपाईं सर्जकहरुको मन र यसका इमान्दार पारखीहरुको पवित्र आँखा यी दुबै हाम्रो प्रयासको प्रतिरुप हो, जसले नेपाली भाषा साहित्यको श्रीबृद्दीमा एउटा प्रयास सफलीभूत हुनेछ भन्ने ठम्याइ रहेको छ ।
प्रज्वल पौडेल, रामेछाप
<
Continue Reading | comments

SMRITIKAPANA 2072- 04- 32 PRAJWALPAUDEL

Monday, August 24, 2015

साहित्यकार शिल्पी हो । स्रष्टा पनि हो । भौतिक जगतबाट आत्मसात गरिएका विषय वस्तु नै साहित्य सृजनाका खुराकहरू हुन् । साहित्य र समाज अङ्गाङ्गी भएर आएको हुनाले समाजको हित साधन गर्नका लागि लेखिन्छ । कुनै जातिको सिङ्गो रूप दर्शाउनका लागि साहित्य नै माध्यम हुन्छ । साहित्यले जातिको रेसा–रेसा केलाएर देखाइदिन्छ । साहित्य जनताका लागि लेखिन्छ अर्थात् मानव हितका लागि लेखिन्छ । मेरा लागि साहित्य जीवन सरिता हो र यसमा डुबुल्की मार्दा अपार आनन्द आउँछ ।

प्रज्वल पौडेल, पि स्क्वाएर, रेडियो रामेछाप - स्मृतिका पाना

Continue Reading | comments

http://www.radioramechhap.org.np/
Continue Reading | comments

RADIO RAMECHHAP ONLINE

रेडियो रामेछाप 95.8 मेगाहर्जलाई तपाइले अब www.radioramechhap.org.np मा सुन्न सक्नुहुनेछ

Continue Reading | comments

SMRITIKAPANA 2071-10-26 DINMAN GURMACHHAN INTERVIEW @ PRAJWAL PAUDEL RADIORAMECHHAP

Monday, February 9, 2015

साहित्यक कार्यक्रम स्मृतिको पानामा आज २०७१ साल माघ २६ गते महोत्तरी जिल्ला बर्दिवास गाविस वडा नं ३ भइ हाल काभ्रे जिल्लामा रहेर साहित्य र स्वास्थ्य क्षेत्रमा क्रियाशिल दिनमान गुर्मछान कार्यक्रमको अतिथीको रुपमा आउनुभएको छ । उहाँको जन्म वि.स. २०३४ साल असार २२ गते भएको हो । उहाँले गजल सग्रह, कथा संग्रह पनि प्रकाशित गर्नुका साथै उहाँले नजर एल्वममार्फत ३ वटा साङगीतक गजल गीत बजारमा ल्याइ सक्नु भएको छ । उहाँ विभिन्न साहित्यिक संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ । अब भने लागौ साहित्यकार दिनमान गुर्मछानसँगको साहित्यिक भलाकुसारी तर्फ ......  ।



Continue Reading | comments

SMRITIKA PANA 2071- 09-28 FINAL PESHAL ACHARYA @ PRAJWALPAUDEL2071-09-28

Monday, January 12, 2015

वि स २०२३ साल साउन १५ मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक र क्रियाशील कवि, निबन्धकार, र कथाकार हुनुहुन्छ । कथा, कविता, निबन्ध सबै विधाका गरी करिब २५ वटा पाण्डुलिपिमा र स्रष्टा आचार्यका ४ थान मौलिक पुस्तक र ४ थान सम्पादित कृति गरि ८ थान प्रकाशित छन् । 

उहाँ मन्थली शहिद स्मृति बहुमुखि क्याम्पसका प्राध्यापक समेत हुनुहुन्छ । स्थानिय तथा राष्ट्रिय स्तरमा पुरस्कार प्राप्त गरिसक्नुभएका साहित्यकार पेशल आचार्यसँगको भलाकुसारी ...... 


स्मृतिका पाना प्रज्वल पौडेल === 2071-09-28 
साहित्य एउटा सुन्दर फूलबारी हो जहाँ हर बिधाका बिभिन्न फूलहरू फुल्छन् । जसले सबैलाई सुगन्ध छर्छ ।  साहित्य मनको उद्वेग, खुशी, उद्देश्य, सान्त्वनाको पुल र मनको सुन्दर तलाउ हो जहाँ डुबुल्की लगाउन थालेपछि मनका सारा निरसता, हिनताबोध, दुख, पीडा नै पखालिन्छ र मन स्वच्छ र आनन्दित हुन्छ । सामाजिक तौरले हेर्ने हो भने साहित्य समाजको दर्पण हो जहाँ सबै कुरा छर्लंगिन्छ । साहित्यले समाज, देशलाई निस्वार्थ आँखाले हेर्दछ । साहित्यको परिभाषा सधैं अपूर्ण नै हुन्छ । हामीले यसको पूर्ण परिभाषा दिनलाई अझै यसको तलाउमा पौडन जान्नु पर्दछ । यसैले यसको परिभाषा यत्ति भनेर मात्र पुग्छ जस्तो लाग्दैन ।
Continue Reading | comments

SMRITIKA PANA 2071 09 07 Udhav Aacharya Interview @ Prajwal Paudel

Tuesday, December 23, 2014

आज मिति २०७१ साल पौष ८ गते सोमवार, विविसी नेपाली सेवा पछि राती १० बजे सम्म रेडियो रामेछाप ९५.८ मेगाहर्जमा आउने साहित्यिक कार्यक्रम स्मृतिका पानामा रामेछाप जिल्ला सुनारपानी ९ हाल मन्थली नगरपालीका रामेछापका स्रष्टा उद्धवप्रसाद आचार्य “अविचल” हाम्रो स्टुडियोमा हुनुहन्छ । उहाँले अहिले सम्म विदेशी भुमिमा (खण्डकाव्य) २०६२, डोरीको पासो (शोक काव्य)२०६९,र स्मृतिमा महेन्द्रोदय (परिचयात्मक खण्डकाव्य) २०७० कृति प्रकाशित गरिसक्नुभएको छ भने केहि प्रकाशनको दौरानमा रहेका छन् । उद्धवप्रसाद आचार्य “अविचल”सँगको भलाकुसारी सुनिसकेपछि प्रतिक्रिया दिन नभुल्नुहोला ।@ -स्मृतिका पाना - प्रज्वल पौडेल
Continue Reading | comments ( 1 )

SMRITIKA PANA 2071 8 08 SECOND WEEK@ Prajwal Paudel

Friday, December 12, 2014

नेपाली साहित्य आकाशमा जति नै फस्टाएको भएपनि गजलले अझै प्रष्ट कार्यदिशा लिनसकेको पाईंदैन, हामी आशा गरौं एकदिन सर्जक, समालोचकहरुद्धारा यसको स्वरुप तथा कार्यदिशा अवश्यपनि प्रष्टिने नै छ । आधुनिक गजलको विकाससंगै गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ । @ प्रज्वल पौडेल / रेडियो रामेछाप / स्मृतिको पाना /
Continue Reading | comments

SMRITIKA PANA 2071-5-09 SECOND WEEK BROADCAST

Monday, August 25, 2014

भनिन्छ साहित्य त्यो ऐना हो जहाँबाट समाजलाई देखाउन सकिन्छ । कुरिती र कुसँस्कार हटाउनलाई टेवा पुर्‍याउँछ । आज यहि साहित्य जगतले सारा संसारलाई एक सुत्रमा बाँधिएको छ । साहित्यको क्षेत्रमा विभिन्न विधा र परिधि भएपनि ,तिनीहरुको आ—आफ्नै बिशेषता र गुण रहेको छ । जादुको छडीजस्तै एकैपटकमा परिबर्तन नभएपनी समयको मागसँगै साहित्यले फड्को मारेको ईतिहासमा ताजै छ । साहित्यलाई आफ्नो जीवनको अमुल्य पेशा बनाएर बाँच्नेको एउटा भिन्नै धरातल छ भने साहित्यमा नै जिवन सर्मपण गरेर जानेहरुको भिन्दै छाप जीवितै रहेको छ।

 - Smritika Pana Radio ramechhap  2071-05-09@ PRAJWAL PAUDEL
इमेल तथा फेसबुकबाट प्राप्त भएका गजल 
Continue Reading | comments

Dalit jagar promo

Wednesday, July 30, 2014

Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.