.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







Home » » दशैँ विषेश गजल

दशैँ विषेश गजल

बढ्दैछ झुपडीमा जाडो , उन बनेर आउ
सबैले मान्न सकौँ दशै, नुन बनेर आउ ।
असत्यमा सत्यको विजय, भएको स्मृति स्वरुप
देवीको नाउँमा जानेछौ, खुन बनेर आउ ।।
हर्ष उल्लास रहोस् सबै , घर आगनी भित्र
बाल अनि बृद्ध आँखामा, जुन बनेर आउ ।।।
टिका र जमारा लगाइ, शिर उचाल्नु अघि
मर्म स्पर्शी मन्त्रमा मिठो, धुन बनेर आउ ।।।।
पाहुनाले घरमा तिम्रो, टेक्दा खेरी पाइला
दशै दशा भएर हैन, गुन बनेर आउ ।।।।।
@ Prajwal Paudel Saipu -7 Ramechhap.
@SMRITIKA PANA
Share this article :

No comments :

Post a Comment