.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







sathi sanga bhalakusari 2070-05-01

Sunday, August 18, 2013

Continue Reading | comments

smritika pana 2070-04-28

Continue Reading | comments

aakha kholchhu

Saturday, August 17, 2013

Continue Reading | comments

Smritika pana Promo

Friday, August 16, 2013

Continue Reading | comments

smritika pana 2070-4-7

Continue Reading | comments

doramba hatya kanda report

Continue Reading | comments

क्विज मेनिया कोइसन अफ द विक २०७०-०४-०१

Continue Reading | comments

Dalit Jagaran 2070-05-30 Finel

Thursday, August 15, 2013

Continue Reading | comments

Smritika Panaharu

Continue Reading | comments ( 1 )

Sathisanga bhhalakuari

Continue Reading | comments

पूर्वप्रधानमन्त्री सिंहको निधन

Wednesday, August 14, 2013

काठमाडौं, श्रावण ३१ - पूर्वप्रधानमन्त्री मरिचमान सिंहको बिहीबार बिहान निधन भएको छ ।क्यान्सर रोगबाट पीडित ७१ वर्षीय श्रेष्ठको बिहीबार बिहान ३ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो । भारतको मेदान्त मेडिसिटी हस्पिटलमा उपचाररत उनको स्वास्थ्यमा खासै सुधार नभएपछि मंगलबार राति काठमाडौं ल्याइएको थियो ।सिंह पञ्चायत व्यवस्थाको अन्त्यतिर २०४२ देखि २०४६ सम्म प्रधानमन्त्री भएका थिए । त्यसअघि उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । नेवार समूदायबाट प्रधानमन्त्री बन्ने उनी पहिलो हुन् ।सिंहको जन्म सन् १९४२ मा सल्यानमा भएको हो ।सिंहको शवलाई धापासीस्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । उनको दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम छ ।सिंहका छोरा अनिलका अनुसार उनको नेपालमै मर्ने इच्छा थियो । 

Continue Reading | comments

लापरबाही कहिलेसम्म ?

Tuesday, August 13, 2013


काठमाडौ, श्रावण ३० - छिमेकी मुलुक चीनमा मंगलबारसम्म बर्डफलुको संक्रमणले ४५ जनाको ज्यान गएको छ । १ सय ३४ भन्दा बढीलाई बर्ड फ्लू भएको चीनिया अधिकारीले बताएको एजेन्सीले जनाएको छ । नेपालमा कुखुराको मासु सबैभन्दा बढी खपत हुने उपत्यकामै पछिल्लो पटक बर्डफ्लूको संक्रमण ६६ ठाउँमा देखिएको छ । सरकार र व्यापारी भने 'व्यापार घाटा'को बहानामा मानव स्वास्थयमाथि गम्भीर असर पर्ने रोगी कुखुरा निर्वाध बजार पठाइरहेका छन् ।
वर्डफ्लू देखिएपछि कुखुरा ओसार पसारमा लगाइएको प्रतिबन्धमा सरकार एक साता पनि टिक्न सकेन । जानकारहरु यसैगरी एक पछि अर्को गल्ती गर्ने हो भने कुखुरामा मात्रै देखिएको बर्डफलु नेपालमा पनि मानिस सर्ने सम्भावना उच्च छ । चिनिया अधिकारीहरुले वडेफ्लू मान्छेबाट मान्छेमा सर्ने भएकाले यसबाट उच्च जोखिम रहेकेा औल्याएका छन् । नेपालमा पनि बेलैमा कुखुरामा मात्रै देखिएको बर्डफलु नियन्त्रण गर्न ढिलासुस्ती गर्ने हो भने थप संकट आउन सक्ने सरोकारवालाहरु बताउछन ।
सरकारले अहिले बर्डफलु पुष्टि भएको कुखुरा नष्ट पनि सुरक्षित र व्यवस्थित तरिकाले गर्न सकेको छैन । कसरी कुखुरा मार्ने भन्ने ज्ञान समेत नभएका व्यक्तिलाई दैनिक ज्यालादारीमा लगाएका छन् । जुन र्फममा रोग देखिन्छ, त्यसमा नष्ट गर्ने बाहेक अरु केही गर्न सकेको छैन । साउन २ गते यता उपत्यकामा ६६ कुखुरा र्फममा बर्डफलु देखि सकेको छ । त्यसमा सोमबारसम्म २ लाख ४५  हजार ३ सय ७४ कुखुरा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै ०६५ देखियता
मुलुकभर १ सय ६३ स्थानमा बर्डफलु देखिएको छ । त्यसमा काठमाडौंमा १५,  ललितपुरमा ३, भक्तपुरमा ४८ र्फममा देखिएको छ । साउनदेखि यता मात्रै सरकारले व्यवसायीलाई करिब ४ करोड रुपैया क्षतिपूर्ति दिनु पर्ने भएको छ ।
एक पछि अर्को र्फममा बर्डफलु फैलिएपछि सरकारले एक साता ओसार पसारमा रोक लगायो । व्यवसायीको दबाबमा थप समय प्रतिबन्ध लगाउन सकेन । एक साता -बुधबारसम्म) पर्ख र हेर भन्ने नीति अपनाएर ओसार पसार खुला गर्‍यो । यस अवधिमा रोग लागेको कुखुरा एक ठाउबाट अर्को ठाउमा पुग्यो । र्‍यापिट टेष्ट गरेर मात्रै बजारमा पठाउने भनिएको थियो । प्रत्येक कुखुरा र्फममा पुगेर कुखुराको घाटीको र्‍याल परिक्षण गर्ने प्रक्रियालाई र्‍यापिट टेष्ट भनिन्छ । यस्तो परिक्षण निरोगी कुखुरा परिक्षण गर्ने र बजारमा रोगी पठाउने गरेको व्यवसायीहरु बताउछन ।
 रोग नियन्त्रणमा आउने भविष्यवाणी र व्यवसायीको दबाबमा प्रतिबन्ध खुला गरेको थियो । तर, उपत्यका मात्रै सिमिति रहेकोमा खुला गरेपछि काभ्रेमा समेत फैलिएको छ । सोमबार तीन वटा र्फमबाट ३० हजार भन्दा बढी कुखुरा नष्ट गर्‍यो । सरकारको लापरबाहीले उपत्यका बाहिरका व्यवसायीलाई पनि थप धरासायी बनाएको छ । ओसार पसारमा खुला गरेको बुधबार एक साता पुग्न लाग्न थप कस्तो निर्णय गर्ने भन्ने सरकारले तयारी समेत गरेको छैन । 'रोग कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सरकार लागि परेको छ । ओसार पसार खुला गरेको समय भोली-बुधबार) सकिदैछ । अब के गर्ने भन्ने केही निर्णय हुन सकेको छैन,'पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा नारायण घिमिरेले भने,'रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेकोले अबलिम्ब जस्तो सुकै सुकै निर्णय लिन सक्छ । व्यवसायीको सहयोग आवश्यक छ ।'
रोग नियन्त्रणका लागि सरकारका लागि दुई वटा बिकल्प छ । पहिलो संक्रमित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र दोस्रो कुखुरा ओसार पसारमा रोक लगाउने । '१५ दिन ओसार पसार बन्द गर्ने हो भने नियन्त्रण हुन सक्छ,'कृषि मन्त्रालयका एक उच्च अधिकारीले भने,'व्यवसायीको दबाब र क्षतिपूर्ति दिनु पर्छ भने ढिलाई गर्ने हो भने थप फैलिएर मानिसमा समेत सर्न सक्छ ।'
 एकपछि अर्को गर्दै बर्डफलु फैलिएपछि व्यवसायी आतंकित भएकोले यसलाई नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न तयार रहेको नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरी खत्रीले बताए ।  'घटनुको सट्टा बढदै गएको छ । नियन्त्रण गर्न सरकारले कुनै निर्णय गर्छ भने सहयोग गर्न तयार छौ,'उनले भने,'किसानको रहरले ल्याएको रोग होइन । राष्ट्रमा परेको समस्या हो । व्यवासयीलाई राहत दिएर जस्तो सुकै निर्णय गर्दा पनि हामी मान्न तयार छौ ।' रोगले कुखुरा मरेपछि घरखेत बेच्दा पनि बैकको ऋणबाट उन्मुक्ति हुन नसक्ने गरी व्यवसायी डुबेको उनले बताए ।  सरकारले कुखुरा मार्दा दिने राहत लागतको ८० प्रतिशतसम्म दिन व्यवसायीको माग छ ।


Continue Reading | comments

स्वर्णिमाले मन पराएको पेन्टिङ" -बिक्रम गिरी "अपरिचित"

नोट:सर्वाधिकार लेखकमा निहित  
बिक्रम गिरी "अपरिचित"

-BIKRAM GIRI "APARICHIT"

"स्वर्णिमाले मन पराएको पेन्टिङ"

एक्कासी छत बाट एउटा सुमधुर आवाज आउदथ्यो GOOD MORNING!!! म को हो भनेर हेर्न नपाउदै उ कति छिटो मेरो अगाडि आईपुग्थी,हो उ नै स्वर्णिमा थिई ,मेरी प्यारी स्वर्णिमा!उसको अनुहारमा बेग्लै चमक थियो,उसको नयनबाट नजर हटाउन म गाह्रो महसुस गर्दथे!उ म बसेको नजीक आएर बस्दथि र भन्थी "खै त मेरो लागी पेन्टिङ"!

उ बच्चा जस्तो कराउन थाल्दथी,भन्थी मान्छेले आफ्नैलाई हो आफ्नोलाई नै पराई ठान्दछ!उ उदास भएर फर्कन्थी! म किन हो किन केवल एक मुर्ति सरह उसलाई हेर्नु बाहेक केहि गर्न सक्दिनथे,उ सधै म बाट रिसाएर जान्थी तर मैले उसको लागी एउटा यस्तो पेन्टिङ बनाउने निर्णय गरेको थिए जो अलग होस,र केवल स्वर्णिमालाई नै पहिला देखाउने प्रण गरेको थिए!म त्यो पेन्टिङमा हेरेक रितुको आर्कषण,हेरेक खुसीको मिषरण र हरेक रङ्ग मिसाउन चाहन्थे!

स्वर्णिमा आफ्नो प्राय जस्तो समय मेरो अरु पेन्टिङ हेरेर बिताउदथी!उसका साथिहरु आएर बोलाउदा नि उ पटक्क सुन्दिनथी,मान्दिन्थी!अन्तिममा मलाई नै केहि गरिदिनु पर्थयो र उ बल्ल जानलाई राजी हुन्थी तर उसका साथिहरु मलाई छडके ईशाराले जिस्काउदथे!मैले धत लाटिहरु भनेर भगाईदिन्थे र आफै मनमनै हर्षित हुन्थे,लज्जीत  हुन्थे!कता कता स्वर्णिमा भनेपछि मलाई काम गर्न रुचि जाग्दैन्थ्यो,मेरो मन कता कता टोलाउन पो थाल्दथ्यो,एक दिनको कुरा हो मेरो नाम सोध्दै कुन अपरिचित केटि मेरो घरमा आएको रहेछ तर त्यो दिन म नभएकाले,अर्को दिन स्वर्णिमाले नै केटिलाई मेरो घरसम्म पुराईदिएको थिई,उसको नाम "राधा" रहेछ!

उसले मेरो एउटा पेन्टिङ कहा देखेकाले मेरो नाम र ठेगाना सोधि म कहा आएकि रहेछ, बुझ्दै जादा उ पल्लो गाउकि रहिछ, सहरमा बसेर पढने रहेछ! म उसँग गफ गर्दा स्वर्णिमा अलिक पर उभिरहेकि थिई र उसको अनुहारमा त्यो रङ्ग थिएन त्यो चमक थिएन जुन अरुबेला हुन्थ्यो!उसमा एक किसिमको ईर्ष्या,डाहा पलाईरहेको देखिन्थ्यो,मैले स्वर्णिमालाई आखाँ चार गर्न सकिरहेको थिएन र राधा लाई जाउ पनि भन्न सक्दिनथे!म दोधारमा परे स्वर्णिमा त आफ्नै परी पहिले राधालाई नै प्राथमिकता दिए!राधाको अनुसार उसलाई एउटा यस्तो पेन्टिङ चाहिएको थियो जसमा उ आफुलाई हराएको देख्न पाओस र आन्न्दित होस! मलाई झन गाह्रो काम थपियो उता स्वर्णिमाको पेन्टिङ पुरा त के सुरु पनि भाको छैन र यता राधाको त्यसतो पेन्टिङको माग मैले हुन्छ भनिदिए र केहि समय लाग्छ भनिदिए, उसले म एक दुई महिना छुट्टिमा छु जहिले बनाए पनि हुन्छ भनि र धन्यवाद भनेर गई!राधा गएको केहि क्षणमा नै स्वर्णिमा पनि मुख फुलाएर गई, म उसलाई रोक्न सकिन, म जान्दिनथे यो उसको प्रेम हो कि के हो? हुन त म उसलाई चाहन्थे र चाहनु नै प्रेम हो! यथार्थ त यो थियो कि उ यो प्रेमबाट बन्चीत थिई मैले गर्दा र कारण म मौन थिए उसको प्रेम देखी!  

त्यो दिन देखी स्वर्णिमा म सँग भेटन पनि आएको थिईन बरु तिन चार दिन पछि राधा टुपलुक्क आईपुगी!मैले उसको हाल सोधे उसले ठिकै छ र यो कसैको जादु हुनुपर्छ भनी,मैले बुझिन भने,उसले नबुझेकै जाती भनी र पेन्टिङ बनाउने काम सुरु गर्नुभयो भनेर प्रश्न गरी!मैले अह गरेको छैन भने मन नै लागेको छैन भने,उसले कसैले मन त चोरेन भनेर भनी र मुसुक्क मुस्कान दिई,म पनी के थाहा हुनसक्छ भनेर हासिदिए!उसले अस्तिको साथी खै त भनेर सोधि,सायद उ स्वर्णिमाको कुरा गर्दैथी,मैले उ आको छैन भने उसले नाम सोधि,मैले स्वर्णिमा भनिदिए र राम्रो नाम छ भनीन उनले मैले पनी तिम्रो नाम पनी नराम्रो त छैन नी भने,सुन्दा नै आन्नद हुने "राधा"!  

उसले सायद मसँग नजीकिएको आभास गर्न थालेको थिई र उसले मेरो एउटा फोटो मागी, मलाई के गरु र के नगरु भयो, मैले फोटो दिए र उसले यो साथीको चिनो हुनेछ भनी र उ त्यहा बाट गई! सायद उ त्यहाबाट गएको स्वर्णिमाले देखेको रहेछ र मसँग आएर झर्केर बोली, अर्काको लागी फुर्सदै फुर्सद छ हामि त पराई हामिसँग  त बोल्न पनी समय हुदैन है भनी आएर मख्ख पारेर गई अब पेन्टिङ त उसकै बन्छ होला नि भनी! उ अचानक मलाई तानी र आफ्नो अगाँलोमा च्यापी, उ मलाई चुम्न थाली सायद स्वर्णिमाले गुम्साएर राखेको प्रेम आज सबथोक सुम्पिदै थिई, म अवाक भए, मैले केहि पनि गरिन! उ मलाई अगाँलोबाट फुकाली र त्यहा बाट हिडि रिसको झोकमा! म बुझ्न सकीन यो कस्तो रीस हो या फिर यो कस्तो प्रेम हो? हुन त यो प्रेम हुनुपर्छ यसमा म जलन देखीरहेको थिए, पिडा देखीरहेको थिए! स्वर्णिमाको पेन्टिङ लगभग आधा बनीसकेको थियो र लाग्थ्यो त्यो आधा पेन्टिङमानै सारा सृष्टि समावेश छ,ईन्द्रेणिको हर रङ्ग समावेश छ,आधा चित्रमानै आर्श्चय थियो!उता राधाको पेन्टिङ आज बाट सुरु गरेको मैले के उतारु पेन्टिङमा भनी दुबिधामा परेको थिए!मैले जे बनाए पनी एउटा सृजना त पक्कै हुन्छ भनी सुरु गर्दे गए राधाको लागी उसको रोजाईको पेन्टिङ! 

यता हप्तौ भयो राधा नआएको र म स्वर्णिमा मा फेरी नया जागर देखिरहेको थिए!मैले स्वर्णिमालाई नभनेपनी भित्रभित्रै म राधाको पेन्टिङ सकाउन आटेको थिए र उसले सोचे भन्दा र खोजे भन्दा बढि थियो त्यो पेन्टिङमा!हप्तामा हप्तौ भयो राधाको केहि अत्तो पत्तो थिएन!  यता स्वर्णिमाको मेरो लागी प्रेम असाध्यै थियो!उसको नयनलाई जस्ताको त्यस्तै उतार्ने मन थियो मलाई त्यो आफ्नो अधुरु पेन्टिङमा!म स्वर्णिमालाई यति चाहन्थे कि उसको पेन्टिङ नै मेरो जीवनको अन्तिम पेन्टिङ बनाउन चाहन्थे! यी हातले उसको नाम नै आखिरी पटक  लेख्न चाहन्थे र यस धडकनको आखिरी धडक पनी स्वर्णिमाको नाममा धडकाउन चाहन्थे!उसलाई म माया आफुभन्दा बढि गर्थे!मलाई दुनियाको पर्वाह थिएन केवल आशिक,मज्नु,प्रेमी भएको थिए स्वर्णिमाको प्रेममा!

साच्चै माया आस्था हो,दुई मुटुको बलिदान हो!जे होस मलाई यति थाहा थियो कि स्वर्णिमा केवल मेरो थिई मात्र मेरो!यता राधाको पेन्टिङ पनि अच्ममको बनेको थियो सायद उसले रोजे र खोजे भन्दा बढि थियो!तर उसको आगमन नभएको धेरै भईसकेको थियो,सायद उ सहर गईसकेको थिई होली आफ्नो पेन्टिङको साटो उहि मेरो एउटा फोटो लिएर,साच्ची राधा पनि नराम्रो थिईन उसको नम्र बोली र व्यबहार आकर्षित पार्दथ्यो  मलाई!अपसोच उ टाढा भईसकेकी थिई,सहरको विरान ठाउमा पसिसकेकि थिई!मैले राधाको पेन्टिङलाई नाम दिन सकिरहेको थिएन,र अन्तिममा त्यो पेन्टिङको नाम नै मैले "राधा" राखिदिए! राधाको यादमा एउटा राधा अपहार भयो म बाट!

यता स्वर्णिमाको मामाको छोरी आएकोले उ भेटन नआएको गुनासो सुनाई!मैले उसलाई अगाँलोमा राखिरहे र उसको अधरलाई चुमे! मैले स्वर्णिमालाई भने स्वर्णिमा तिमी सधै कराउने,रिसाउने कुराको समाधान गरिसके!मैले यति के भन्न पाएथे उसले बुझिहाली मैले उसको लागी बनाउन सुरु गरेको पेन्टिङ पुरा भयो भनेर!उ सारै हर्षित भई, लाग्थ्यो कुनै लडाई जितेर छाएको खुसी छाएको छ,उ रणभुमी जितेर आएकी छे!स्वर्णिमाको लागी बनाएको मेरो पेन्टिङ 'राधा' नामक पेन्टिङ पछिको अन्तिम पेन्टिङ थियो! 

मैले स्वर्णिमालाई त्यो पेन्टिङ देखाए र उसको खुसीको सिमा रहेन!मैले स्वर्णिमालाई नै उतारेको थीए त्यस पेन्टिङमा!एउटा यस्तो चित्र बनेको थियो जुन सायद मोनालिसाको मुस्कान भन्दा पनी फरक थियो र राम्रो थियो!स्वर्णिमालाई त्यो पेन्टिङ साह्रै राम्रो लाग्यो! उसले मलाई एकछिन अगाँलोमा बाधिरहि र चुमिरहि!एकछिन स्पर्शको बहार भयो,दुई मुटु एकाएक जुधे, यस खुसीको बखत स्वर्णिमाले एउटा दुख दिने खबर सुनाई उ त मामाको छोरीसँग मामाघर जाने रे!मेरो मुहार एकाएक मलिन भयो तर उसले बाचा गरी उ एक हप्ता पछि आउछु भनी,र मैले पनि उसलाई हुन्छ भनिदिए!उसले त्यो पेन्टिङ पनि आफुसँग लग्छु भनी तर मैले त्यस पेन्टिङको नाम नै राख्न पाएको थिएन !स्वर्णिमाले भनी मलाई राम्रो लाग्यो पेन्टिङ राख्देउ न त यस पेन्टिङको नाम "स्वर्णिमाले मन पराएको पेन्टिङ"! साच्चै यो नाम राम्रो थियो र उ अन्तिम पटक मलाई चुमी त्यहाबाट बिदा मागी!

भोली बिहानै  एकाएक गाडि पल्टेर मान्छे मरे भन्ने हल्ला फैलियो! मलाई मनमा कता कता चिसो पस्यो कतै स्वर्णिमालाई त!म हतार हतार गर्दे गाडि पल्टेको ठाउमा पुगे र यो आखाँ रसाए जे नदेख्नु थियो  त्यहि देख्यो यी आखाँले!स्वर्णिमाको लाश गाडिको छेउमा थियो र उसको हातमा त्यहि पेन्टिङ थियो,मृत्युले रुवाउदा पनि उसको ओठमा अजिब मुस्कान थियो! म उसको नजिक गए मेरो आशुँ स्वर्णिमाको गालामा खस्यो, म रोए, कराए साराले सम्बेदना प्रकट गरे र मसँग स्वर्णिमासँग जोडिएको एउटै चिझ बच्यो स्वर्णिमाले, आफै नाम राखिदिएको पेन्टिङ "स्वर्णिमाले मन पराएको पेन्टिङ"!!!I LOVE YOU FOREVER SWORNIMA.......
बिक्रम गिरी "अपरिचित" 
 चन्द्रौटा कपिलबस्तु 
Continue Reading | comments

क्विज मेनिया श्रृंखला २ : Download


Quiz Meniya : Episode 2
                       Download : Click Here to Download

Thank you
Continue Reading | comments

रामेछापको खिम्तिमा आयको बादी पहिरोका केहि तस्बिरहरु




























Continue Reading | comments

रामेछापको खिम्तीमा पहिरोमा पुरिएर सातको मृत्यु

 रामेछापको खिम्तीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनासहित ७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् भने एक वेपत्ता छन् । उता दार्चुला जिल्लामा सोमबार राति बाढीले ४ वटा घर र २० रोपनी खेत बगाएको छ । खिम्ती-४ शिवालयमा लगातारको वर्षासँगै आएको पहिरोले भीमबहादुर तामाङको घर बगाउँदा तामाङसँगै उनकी श्रीमती बाटुली र आमाको मृत्यु भएको छ । यस्तै कटुन्जेमा मिठु थापाको घर पहिरोले पुरेको छ । पहिरोमा परि मिठुसँगै उनकी छोरी स्वस्थानी र छोरा केदारको मृत्यु भएको छ भने अर्का एव बेपत्ता छन् । खिम्ति ३ मा शेरबहादुर सुनुवारकी ११ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोमा परी गम्भीर घाइते भएका आइमाला तामाङ, मैमाला तामाङ र हेमबहादुर तामाङको देविटारस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाढीले खिम्तीका ६ घरसमेत बगाएको छ भने बजार पूरै जलमग्न भएको छ । रामेछापका प्रहरी नायब उपरीक्षक विमलराज कँडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गए पनि स्थानीय खानीखोलामा आएको बाढीका कारण बिहान ७ बजेमात्रै घटनास्थल पुगेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले उद्धार कार्यलाई जारी राखेका छन् भने बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।
Continue Reading | comments

Quiz Mania By Sudip Sakas

Sunday, August 11, 2013

Continue Reading | comments

दक्षिण कोरियामा गाडी गुड्दा–गुड्दै रिचार्ज हुने विद्युतीय सडक बन्यो

Saturday, August 10, 2013


दक्षिण कोरियामा इलेक्ट्रिक सवारी साधन रिचार्ज हुने सडक नै बनाइएको छ । यस्तो प्रविधिमा रिचार्ज गर्न सवारी साधनलाई सडकमा रोक्नु नपर्ने गरी बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


कोरियमा बनेको १२ किलोमिटर लामो ईलेक्ट्रिक सडक विश्वमा पहिलो परियोजना भएको दाबी गरिएको छ । गुमी शहरस्थित रेल स्टेशनबाट डोङ जिल्ला जोड्ने यस्तो सडकमा अहिले दुई वटा सार्वजनिक बस गुड्ने छन् भने सन् २०१५ सम्म थप १० वटा बस थपिने लक्ष्य राखिएको छ । 



यो प्रविधिको लागि सवारी साधन र सडकमा उपकरण जडान गर्दा महंगो भएकाले निजी सवारी साधनका लागि प्रविधि महंगो पर्ने प्राविधिकहरुले बताएका छन् । 
Continue Reading | comments

Luniva Mobile Center Add

Friday, August 9, 2013

Continue Reading | comments

रामेछापमा धान तथा मकै बाली उत्पादनमा उल्लेख्य वृद्धि

Thursday, August 8, 2013

समयमा नै पानी परेपरि यो बर्ष अधिकांस किसान खुसी भएका छन । कृषि पेसामा आबद्ध किसानलाई पानी संगसंगै मल र बिउको आबश्यक्ता पर्दछ । मल बिउको सहज आपुर्ती गर्न सके मात्र कृषि उत्पादन बृद्धि हुने गर्छ , रामेछापमा भने यो बषै यस्तै भएको छ । समयमै बर्षा र मल बिउको आर्पुर्तीले लगभग रोपांई सकिएको जिल्ला कृषि बिकास कार्यलयले जनाएको छ  । यसपाली धान उत्पादनमा बृद्धि हुन अनुमान गरिएको । कृषि कार्यलयका अनुसार यो बर्ष धान उत्पादनमा १५ देखी २० प्रतिशथले बृद्धि हुने अनुमाग छ । त्यसैगरी कतै भित्राईसकिएको र कतै धमाधम थन्काउने अबस्थाका मकै बालीमा पनि बृद्धि हुने अनुमान छ , कार्यलयका अनुसार मकैमा यसपाली रामेछापमा २५ देखी ३० प्रतिशत उत्पादनमा बृद्धि भएको छ ।
Continue Reading | comments

चिसापानी एक, वर्ण अनेक-श्रीप्रसाद घिमिरे

Wednesday, August 7, 2013


रामेछाप जिल्लाको सदरमुकाम मन्थलीदेखि लगभग ४ किलोमिटर पश्चिमोत्तर दिशामा अवस्थित चिसापानी गाउ“ विकास समितिको पूर्वमा मन्थली र कठजोर (तामाकोशी नदी), उत्तरमा गेलु र चनखु (महादेव र बफर खोला), पश्चिममा पुरानागाउँ र दक्षिणमा भटौली गाविस (कर्कले खोला) स“ग जोडिएको छ । चिसापानी गाविसले रामेछाप जिल्लाका ५५ गाविसमध्येको १३६५.१७ हेक्टर क्षेत्रफल ओगटेको छ ।
चिसापानी गाविसलाई प्रकृतिले त सि“गारेको छ नै, त्यसमा झन् स्थानीय जात–जाति, भाषा–भाषी, रहनसहन र सांस्कृतिक परम्पराको विविधताले गर्दा जिल्लाका अरू गा.वि.स.भन्दा छुट्टै परिचय बनाएको पाइन्छ । यो गाविसमा निम्नानुसार जनजातिका मानिसहरूको बसोबास पाइन्छ ।
यो गाविसका विभिन्न जात–जाति, भाषा–भाषी, रहनसहन र संस्कृति हेर्दा लोभलाग्दो पाइन्छ । यस गाविसमा निम्नानुसार जातजातिका मानिसहरूको बसोबास रहेको छः
१. ब्राहृमण २.  क्षेत्री  ३. नेवार  ४. मगर  ५. माझी  ६. सार्की  ७. सन्यासी  ८. कामी  ९. दमाई  १०. घर्ती÷पहरी   ११. बादी आदि । यी जातजातिहरूको कतिपय फरक स्थानीय परम्परा र संस्कृति रहेको देखिन्छ । यसलाई सम्पूर्णतामा उतार्ने प्रयास गरिएको छः
१। ब्राम्हण
यो जाति वैदिक परम्परामा आधारित र तागाधारीको रूपमा रहेको पाइन्छ । यिनीहरूलाई स्थानीय भाषामा बाहुन भनेर चिनिन्छ । यिनीहरू सम्पूर्णलाई जनाउँदा ब्राहृमण भनिए पनि विभिन्न थरमा रहेका पाइन्छन् । ढुङ्केल, घिमिरे, सुवेदी, दाहाल, पाठक, त्रिपाठी, सिलवाल, कँडेल, ९कुमाई० आदि थरमा विभाजित ब्राहृमणहरू विभिन्न वडामा छरिएर रहेका भए पनि वडा नं। २ मा ढुङ्केलको बाहुल्यता पाइन्छ भने वडा नं। ७ मा घिमिरेको । यिनीहरूको परम्पराअनुसार चौको काटेको चुल्हामा रहेर धोती फेरेर खाना खाने, कर्म नचलाएका छोराछोरीले पकाएको नखाने, बासी नखाने आदि रहेको भए पनि धोती फेर्ने चलन युवापुस्ताले क्रमशः कम गर्दै लगेको पाइन्छ । छोरी चेलीलाई पहिलोपटक रजस्वला हुँदा एघार दिनसम्म दाजुभाइ, बाबु, काकाले अनुहार हेर्नु हुँदैन भन्ने परम्परा यिनीहरूमा अद्यावधिक पाइन्छ ।
यस्तो समयमा आफ्ना चेलीबेटीलाई नजिकैको पायक पर्ने पानी चल्ने जातिको घरमा लगेर राख्ने चलन छ । एघार दिनको नुहाइधुवाइपछि उनीहरूलाई घरमा आउन अनुमति दिइन्छ । ब्राहृमण जातिमा रजस्वला नभएकी छोरी विवाह गरिदिने पुरानो चलन भए पनि शैक्षिक विकास अर्थात् गाउँको विद्यालयमा पढ्न पठाउन थालेका कारण हाल उमेर पुगेपछि नै विवाह हुने प्रचलन छ । यहाँ ढुङ्केल, घिमिरे, दाहाल, पण्डित कर्मकाण्डमा पनि पोख्त छन् । उनीहरू छिमेकी गाविस पुरानोगाउँ, चनखु, गेलु आदि ठाउँमा आफ्नो पेशामाध्यमले बाँधिन सफल भए तापनि युवापुस्तामा यो पेशाप्रति झुकाव पाइन्न । यसको मूल कारण आधुनिक शिक्षाको प्रभाव हो ।
(क) न्वारन÷पास्नी
सामान्यतः यहाँका मानिसहरू परम्परामा आधारित रही एघार दिनमा नवजात शिशुको न्वारन अर्को गोत्रको कर्मकाण्डी बाहुनद्वारा गराउँछन् । तर, समाजमा देवकार्य, पितृकार्य आदि रोकिएको छ भने सात दिनमा वा अत्यन्त आवश्यक परेमा तीन दिनमा पनि अप्ठ्यारो फुकाउने चलन छ । तापनि, यो आंशिकरूपमा मात्र प्रयोगमा ल्याइन्छ । अन्यथा, परम्पराअनुसार चलाइन्छ । न्वारन जति दिनमा गरे पनि सुत्केरीलाई २१ दिन पानी बार्न लगाइन्छ र २२ दिनमा पानी फुकाइन्छ । यो परम्परामा आधारित चलन हो । न्वारन नगरिएको बालकलाई घाममा तेल लगाई आमालाई ज्वानो, मासु, घ्यूलगायतका तागतिला खाद्यवस्तु दिने पुरानो चलन पाइन्छ । तर, हाल यसलाई पूर्णता दिन सकेको देखिँदैन । सुत्केरी भएको समयमा नाल बेडाउँदा बाँसको कप्टेरो वा हँसिया आदिले काट्ने चलन भए पनि हाल सुत्केरी–सामग्रीको प्रयोग गरिन थालेको छ । सुत्केरीलाई अगेनाको छेउमा राख्ने चलन भए पनि हिजोआज सुत्केरी राखेको ठाउँमा आगो बाल्ने चलन छ ।
पास्नीलाई अन्नप्रासन भनिन्छ । पास्नी गर्दा छोरीको ५ वा ७ महिनामा गरिन्छ भने छोराको ६ वा ८ महिनामा गरिन्छ । यो परम्परादेखि चलिअएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । यो कार्यमा कर्मकाण्डी बाहुनद्वारा होम, जप पनि गराइन्छ ।
(ख) व्रतबन्ध (कर्म चलाउने)
पुरानो चलनअनुसार ८ वर्षमा व्रतबन्ध गरेर जनै लगाउने बाहुनका छोराहरू अहिले यो नियमलाई आंशिकरूपमा मान्छन् । व्रतबन्ध प्रायः श्रीपञ्चमी पारेर गर्ने चलन भए तापनि अहिले आर्थिक कठिनाइको मारमा परेर सामूहिकरूपमा ओल्लो÷पल्लो घर वा दाजुभाइको एकै स्थानमा व्रतबन्ध गर्ने चलन छ । व्रतबन्धमा आफ्ना गुरु, पण्डित वा बाबुबाट गायत्री मन्त्र सुन्ने चलन हालसम्म कायम छ । व्रतबन्ध गरेपछि बिहान गायत्री अर्थात् सन्जे जप्नुअगाडि नुहाइधुवाइ गर्ने पुरानो चलन भए तापनि युवापुस्ताले यस परम्परालाई पूर्णरूपमा निरन्तरता दिन सकेको पाइन्न ।
(ग) विवाह
सामान्य परम्पराअनुसार छोरोको उमेर १५–१६ वर्ष पुगेपछि र छारीको उमेर १२–१३ वर्ष पुगेपछि विवाह गर्ने चलन भए तापनि शिक्षा र सामाजिक चेतनाको विकासले गर्दा हाल छोराको विवाह २५–३० वर्षमा र छोरीको विवाह २०–२२ वर्षमा गर्ने गरेको पाइन्छ भने ३५–४० वर्षसम्ममा विवाह गर्नेको संख्या पनि केही मात्रामा पाउन सकिन्छ । आजीवन विवाहबन्धनमा बाँधिन नचाहनेको संख्या पनि न्यून मात्रामा पाइन्छ । साटासाट परम्पराको विवाह अहिले छोरीको संख्या बढेका कारण बाहुनको सतमा बसेका अर्को थरको बाहुनलाई दिने परम्परा कायमै छ । अन्य जातिसँग विवाह टोकरपुर, सिन्धुपाल्चोकतिर हुने गरेको भए तापनि अहिले स्थानीय बाहुनसँग नै लिने दिने चलेको छ ।
वरियाती विवाहमा पुरानो चलनअनुसार श्लोक हाल्ने, खाँडो जगाउने, डोली बोक्ने, कल्सौली बोक्ने र रात राख्ने परम्परा भए तापनि अहिले थोरै मानिस र पञ्चैबाजाबिना नै बेहुलीको घरमा जाने र दिउँसो विवाह गर्ने, मन्दिरमा सिन्दुर हाल्न लगाई घर पठाइदिने चलन बढेको पाइन्छ । विवाहमा केटा–केटीका अभिभावकको बोलवाला हुन्छ । परम्परागत चलनअनुसार विवाहमा जन्त आएका मानिसलाई बेहुलीभत्तेर बेलुका र जन्ते–बाख्रो बिहान खुवाउने चलन भए पनि हाल दिउँसोको विवाहमा पुलाउ, दही, च्युरालगायतका हल्का खानाको व्यवस्था गर्ने चलन भित्रिएको पाइन्छ ।
विवाहमा सकेको दाइजो दिने चलन परम्परादेखि हालसम्म कायमै रहेको छ । तर, यो प्रथाको आंशिकरूपमा विरोधको आवाज उठेको पाइन्छ ।
विवाहपश्चात् घरायसी व्यवहारमा रम्ने चलन रहे तापनि ब्राहृमण युवा जागिरका लागि नेपालका प्रशासनिक, सैनिक र प्रहरीमा समेत रहेका पाइन्छन् । यस गाविसका युवा शिक्षण पेशामा अधिक पाइन्छन् । विवाह भएका छोरालाई घरबार सुम्पिएर बूढा ब्राहृमण केही पर गएर आश्रम बनाई बस्ने पुरानो चलन रहेकोमा हाल यो परम्परा लोप भएको पाइन्छ । आश्रम बनाई, घरपरिवार त्यागी जोगी बेनेको समयमा कसैले आफ्नो पत्नी पनि साथमा लगेर सन्तान जन्मिएको खण्डमा त्यस्ता सन्तानको जात “सन्यासी” कायम गर्ने गरेको पाइन्छ ।
(घ) मृत्यु संस्कार
यस गाविसका ब्राहृमण परिवारमा कर्म चलेको र कर्म नचलेको मानिसको मृत्युमा फरक–फरक संस्कार पाइन्छ । कर्म नचलेको बालकको मृत्यु भएमा जुठो ३ दिन वा स्थानीय नियमअनुसार बार्छन् । अनि, घरमा रुद्री गरेर चोखिने चलन छ । तर, कर्म चलेको मानिसको त्यसरी नचलाई १२ दिनसम्म जुठो बारेर एक वर्षपश्चात् चोखिने परम्परा छ । मृतकका छोरा र श्रीमतीले प्रत्येक महिना मासिक श्राद्ध गरेर वर्षदिनमा चोखिने परम्परादेखि चलिआएको चलन कायमै छ । काजक्रिया बस्दा काँचो धागोले छेकेर एउटा ढिकुर (ओडारजस्तो) बनाइन्छ । अनि त्यसमा मृतकका छोरालाई क्रियापुत्री राखिन्छ । छोरा नभए अन्य व्यक्ति खोजी उसलाई क्रियापुत्री राखिन्छ । मृतककी श्रीमती भए छुट्टै राखिन्छ । क्रियापुत्रीलाई नजिकको पँधेरामा लगेर मृतकको नाममा ढिकुरो उठाउन लगाई दैनिक कर्मकाण्डद्वारा पूजा गर्न लगाइन्छ र एक छाक भात, घ्यू, मरिच, अदुवासहित खान दिइन्छ । तर, नुन खाने चलन छैन । तथापि, प्राकृतिक नुनको प्रयोगमा बन्देज मानिँदैन । १० दिनमा ढिकुरो फुटाइन्छ र ११ औ“ दिनको दिन आÇनो गच्छेअनुसार शøयादान गरिन्छ । यो दान कर्मकाण्डी पुरोहित बाहुनले लिने चलन परम्परादेखि रहेको छ । तर, त्यस दिन ब्राहृमणले यो एघारौ“को दान अस्वीकार गर्ने गरेको पाइए पनि चलन अद्यावधि कायमै छ ।
१२ औ“ दिन गाउँघर, छरछिमेकका सम्पूर्ण दाजुभाइ आई कार्यसिद्धि गराई क्रियापुत्रीलाई कपडा दिने चलन छ । जुठो परेका मानिसले आÇना माता–पिता, श्रीमान्को नाममा एक वर्षसम्म सेतो लुगा पहिरिने चलन छ । तापनि, यसलाई हाल स्वेच्छिक बनाएर समाजमा लिइएको पाइन्छ ।
२. क्षेत्री÷खत्री
यो जातिका मानिसहरू गाउँ विकास समितिको १, २, ३, ४, ७ आदि वडामा छरिएर रहेका पाइन्छन् । परापूर्वकालदेखि ‘बहादुर’ कहलिँदै आएका क्षेत्रीहरू नेपालको शाही सेना तथा प्रहरी सेवामा सेवारत पाइन्छन् । ब्राहृमणले आफूभन्दा तल्लो भनिने जातकी महिलालाई स्वास्नी तुल्याई जन्मेका सन्तानलाई गाउँको चलनअनुसार खत्री÷जैसी भनिन्छ ।
(क) न्वारन
सुत्केरी हुँदा बाहिर ढिकेटो, पाली गोठमा राख्ने पुरानो परम्परा भए पनि सुरक्षा दिन नसकिने, आगो बालेर ताप्नुपर्ने र बेला–बेलामा खाना बनाउनु र खुवाउनुपर्ने भएकाले हाल यस्तो अवस्थामा रहेका श्रीमती÷बुहारीलाई घरको एक कुनामा राखेर आगो बाली सुरक्षा पु¥याउन थालिएको छ ।
बच्चा जन्मिएको ११ औ“ दिनमा कर्मकाण्डी बाहुनलाई पुरोहित लगाएर यिनीहरू आÇनो बच्चाको न्वारन गराउँछन् । ब्राहृमणले पनि जन्मेको समय हेरेर योग, नक्षत्र आदि मिलाई नाम राख्छन् । पहिला बालक जम्मिएको ६ दिनको राति भावीले बच्चाको भाग्य लेख्न आउँछ भनेर ढोका खुला राखिने चलन रहेकोमा हाल छैटी मनाउने र केही देवीदेवताको पूजा गरी दियो बाल्ने गरिन्छ । गाउँको सांस्कृतिक र परम्परागत अवस्थालाई ध्यानमा राखेर हाल ३ दिन, ५ दिन र ७ दिन आदिमा पनि न्वारन गरिन्छ ।
(ख) कर्म चलाउने
आठ वर्षमा व्रतबन्ध गर्ने परम्परा रहे पनि अहिले यस परम्परालाई ऐच्छिक रूपमा स्वीकारिन्छ । आर्थिक दुरावस्था, समयाभाव आदिका कारण विवाहको अघिल्लो दिन वा सोही दिन पनि व्रतबन्ध गराएर बेहुलो सिँगार्ने चलन पनि चल्न थालेको पाइन्छ । व्रतबन्ध गर्नुअगाडि र विवाहमा बेहुलो सि“गार्नुअगाडि बुकुवा दल्ने चलन छ ।
(ग) विवाह
आठ वर्षमा कर्म चलेका क्षेत्री जातिका मानिसहरू १२ देखि २५–३० वर्षसम्ममा विवाह गर्दछन् । प्रायः १४–१५ वर्षमा विवाह गर्ने परम्परा अद्यावधि लागू छ । छोरीलाई रजस्वला हुनुपूर्व विवाह गर्ने परम्परा यस जातिमा पनि पाइन्छ । तर, हिजोआज २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने मानसिकता विकास भएको पाइन्छ ।
यस जातिका खेतीवाल, पुँजीपतिहरूले सातवटीसम्म श्रीमती जम्मा गरेको देखिए पनि हाल बहुविवाह गर्ने चलन कम पाइन्छ । पुरानो समयमा उखानै थियो– मर्दका सातवटी स्वास्नी हुन्छन् । यिनीहरूमा अर्काकी श्रीमती भिœयाउने, जारी तिर्ने, जात्रामा समाई ल्याउने, घाँस–पात, मेला–पर्वबाट समेत फकाएर ल्याउने पुरानो चलन भए पनि हाल यो परम्परा क्रमशः कम हुँदै गएको छ । विवाहमा रात राखेर पञ्चैबाजा, वरियात आउने चलन कम हुँदै मन्दिर र दिउँसो विवाहमा आधुनिकीकरण हुँदै आएको पाइन्छ । बाहुनको परम्परा यिनीहरूको पनि साझा परम्परा भएको पाइन्छ ।
(घ) मृत्यु संस्कार
यस गाविसमा ब्राहृमण र क्षेत्री–खत्रीको मृत्यु संस्कार एकै खालको पाइन्छ ।
३. नेवारः
‘नेपाल” भन्ने शब्द ‘नेवार’ शब्दबाट विकसित भएको तथ्य हाम्रो देशका इतिहासविदहरूले उल्लेख गरेको पाइन्छ । नेवारी भाषाकोशमा ‘पा’ को सट्टा ‘वा’ र ‘ल’ को सट्टा ‘र’ प्रयोग गरिन्छ । नेवारहरूलाई काठमाडौं उपत्यकाको आदिवासीको रूपमा लिइए पनि यो जात वा नेवारी भाषिक समूह देशका विभिन्न स्थानमा छरिएको पाइन्छ । रामेछाप जिल्लाभरि नै नेवारहरूको उल्लेखनीय वस्ती भएको ठाउँ हो ।
चिसापानी गाउँका नेवारहरू अधिकांशले आÇनो नामको पछाडि ‘श्रेष्ठ’ र ‘कर्माचार्य’ लेखी आफूलाई नेवार भएको परिचय गराउँछन् । स्थानीय भाषामा धा“यजु, कमिन्चा, बावः, मगचा, नालामी, बनेपाली, पाटने, बासु, फोसी आदि विशेषणले सम्बोधन गर्ने नेवारहरू सम्पूर्णले ‘श्रेष्ठ’ थर लेख्छन् भने अचाजुहरूले कर्माचार्य लेख्छन् । समुदायमा बस्न रुचाउने यस गाविसका नेवारहरूको मुख्य वस्ती वाड नं. ५ र ६ मा छ भने अन्य वडाहरू ३ र ४ मा पनि बहुसंख्यक छन् । उनीहरूको मुख्य पेशा कृषि भए तापनि हाल आएर व्यापार र अन्य रोजगारीमा सक्रिय र उल्लेखनीय सहभागिता पाइन्छ । यस गाउँका हरेक कार्यक्रममा नेवारहरूको निर्णायक भूमिका रहन्छ । नेवारी परम्पराअनुसार भजन गाउने, डबलीमा नाटक प्रदर्शन गर्ने, लाखे नाच देखाउने आदि चलन अहिलेसम्म पनि जोगाइराख्न यस गाउँका नेवारहरू सफल भएका छन् । कार्तिके भजन, माघे भजन यस गाउँका नेवारहरूको मुख्य भजन हो ।
यस गाउ“का नेवारहरू तल्लो टोल र माथिल्लो टोलमा विभाजित भई आ–आफ्नो टोलमा भजन गाउँछन् ।
चिसापानीका सबै नेवारहरू आफ्नो मातृभाषा नेवारी बोल्छन् भने खस (नेपाली) भाषा बोल्न पनि उत्तिकै सक्षम छन् । उनीहरू सबै हिन्दु धर्मावलम्बी भएकाले हिन्दु धर्मअनुसारको काजक्रिया, पूजाआजा गर्छन् । विवाह, व्रतबन्ध वा अन्य जुनसुकै समारोह होस्, यहा“का नेवारहरू भोजको आयोजना गर्छन् । भोजमा नेवारी परिकार तयार पारिएको हुन्छ र केराको पातलाई थालको रूपमा प्रयोग गरिन्छ ।
(क) न्वारनः
चिसापानीको नेवारी समाजमा छोराछोरीको जन्मपछि सामान्यतया ३ दिनको दिन न्वारन गरिन्छ । ३ दिनको दिन न्वारन नगरे त्यसपछि ५, ७ वा ९ औ“ दिनमा न्वारन गर्दछन् । तर, आपतकालीन अवस्थामा बच्चा जन्मेको दिन तुरुन्तै पनि न्वारन गर्ने चलन रहेको छ । यसरी न्वारन जति दिनमा गरे पनि १२ औ“ दिनपछि मात्र पूजा–आजाका लागि सूतक चोखिन्छ । पहिलो सन्तान छोरा वा छोरी जे भए पनि १२ औ“ दिन सूर्यपूजा गर्ने चलन पनि छ ।
(ख) पास्नीः
पास्नी अर्थात् अन्नप्रासन (भातखुवाइ) छोराको ६ महिना र छोरीको ५ महिनामा गराइन्छ । पास्नी गर्ने चलन परम्परादेखि चलिआएको भए तापनि ऐच्छिक रूपमा स्वीकारिएको छ । बच्चालाई न्वारनको दिन आमाले आफ्नो जूठो भात खुवाएमा र समय मिलेको अवस्थामा दशैंको महाष्टमीको भोज बच्चालाई खान दिएको अवस्थामा पास्नी गर्नुपर्दैन भन्ने मान्यता पनि रहेको पाइन्छ ।
(ग) व्रतबन्धः
छोराहरूको व्रतबन्ध समय र परिस्थितिअनुसार ३ वर्षपछि बिजोर वर्ष पारेर गरिन्छ । व्रतबन्धमा मामाले कपाल काट्ने र फुपू वा दिदीले कपाल भुइ“मा पर्न नदिईकन थाली वा टपरीमा थाप्ने काम गर्दछन् । मामाले कपाल काटेपछि भान्जालाई टोपी लगाइदिने चलन छ । यस कार्यलाई समग्रमा व्रतबन्ध भन्ने गरिन्छ । त्यसपछि कुलको सबैभन्दा जेठो
(नायो) ले कैटा (लगौंटी) बा“धिदिन्छन् र सगुण दिने काम हुन्छ ।
(घ) बेल विवाह र गुफा राख्नेः
छोरीहरू यौवन अवस्थामा प्रवेश गर्नुभन्दा पहिला (१३ वर्षअगावै) बेलविवाह (इंही यायेगुः) र गुफा राख्ने चलन छ । बेलविवाह र गुफा बिजोर वर्षमा राख्ने चलन भए तापनि ८÷१२ वर्षबाहेक अन्य जोर वर्षमा परिस्थिति मिलेमा काम सम्पन्न गर्ने चलन पनि पाइन्छ । नेवारी परम्परामा छोरीको बेलसँग विवाह गरिने हुनाले श्रीमान् मरे पनि विधवा हुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।
बेलसँग विवाह ब्राéण चलनअनुसार गर्ने गरेको पाइन्छ । गुफा राख्दा घाम नदेखिने अँध्यारो कोठामा राखिन्छ । गुफा राखेको अवधिमा पुरुषलाई हेर्नु हुँदैन । गुफा राखेको १२ औ“ दिन गुफाबाट निकालिन्छ । त्यस अवसरमा सूर्यको दर्शन र पूजा गराउने चलन छ ।
(ङ) मृत्यु संस्कारः
चिसापानीको नेवारी समाजमा नेवारी कर्मकाण्डका पुरेत
(गुभाजुः) नभएकाले काजक्रिया र कर्मकाण्ड खस जातिका पुरेतहरूद्वारा गराउनुपर्ने हुनाले काजक्रियामा शुद्ध नेवारीपन पाइँदैन । मृत्युपश्चात् गरिने काजक्रियामा १२ दिनसम्म आशोच बार्ने चलन छ ।
मृतककी छोरी पाँचौ“ दिनमा आशोचबाट शुद्ध हुन्छे र छैटौ“ दिन बेलुकी छैटौ“को विधि लिने, सातौ“ दिन छोरीहरूले मृतकको आत्मा शान्तिका लागि न्हेन्मा (सात दिनको भात) चढाउ“छन् भने ९ औ“ दिन सबै दाजुभाइले लुगा धुने अनि १० औ“ दिन सबै जम्मा भएर नुहाइधुवाइ गरी गहुँत खाई चोख्याउने चलन छ । ११ औ“ दिनमा ११ औ“को काम गरेर बेलुकी मृतकको नाममा बत्ती लाने र १२ औ“ दिनमा चोखिने काम हुन्छ । तर, १२ औ“ दिन सोमबार वा बुधबार परेमा १३ औ“ दिनमा काम सक्ने चलन छ ।
यो गाउँमा मृत्युपश्चात् दाहसंस्कारका लागि दुईवटा गुठी
(मरु गुठी) प्राचीनकालदेखि नै सञ्चालित छन् । तल्लो टोल र माथिल्लो टोलका दुईवटा गुठीमा करिव २८० घरधुरी आबद्ध छन् । त्यस गुठीका सम्पूर्ण सदस्यहरूले आफ्नो समूहको गुठियारको घरमा मृत्यु भएका मृतकको दाहसंस्कारका लागि सहयोग गर्छन् ।
४. सन्यासी, घर्ती, पहरीः
चिसापानी गाविसको २, ४, ७, ९ आदि वाडामा यिनीहरू छरिएर बसेका पाइन्छन् । सन्यासीको परम्परा मागेर खाने भए पनि हाल खेतीपाती, जागिर, व्यापार आदि गरेर जीवन निर्वाह गर्दै आएका छन् । यहाँका सन्यासी फेरी लगाउने, माग्ने कार्य गर्दैनन्, खेती गर्छन् । घर्ती÷पहरी पनि पहिला दास बनेर रहेका भए पनि दासप्रथाको अन्त्य भएपछि यिनीहरू स्वतन्त्ररूपमा खेतीपाती, काठ–ढुंगाको काम गर्ने, लाहुरे बन्ने आदि काम गरेर आÇनो जीवन निर्वाह गर्दै आएका पाइन्छ ।
यिनीहरूको आफ्नो खास परम्परा नभएका कारण नजिकको बहुमत समुदायको देखासिकी गरेर नै संस्कार चलाई आएका छन् । यी जातिहरूको विवाह र मृत्यु संस्कार पनि क्षेत्री, बाहुनबाट प्रभावित छ । विवाहमा डोली बोक्ने पुरानो पुख्र्यौली पेशा भए पनि अहिले क्रमशः छोड्दै गएका छन् । शिक्षाको विकासले यिनीहरू पढाइ–लेखाइमा पनि लागेका छन् ।
५. सार्की र कामीः
यस गाविसका २, ३, ४, ७ आदि वडामा सार्की र कामी छरिएर बसेका छन् । सार्कीको पुख्र्यौली पेशा छालाका जुत्ता सिउने, मरेका गाईगोरू आदि चौपायाहरू उपभोग गर्ने परम्परा रहे पनि हाल यिनीहरूको युवा पुस्ता खेती गर्छन् र कोही भारत र देशकै प्रमुख सहरहरूमा ज्याला मजदुरी गरेर केही सुध्रिएको पाइन्छ ।
यस गाविसका विभिन्न वडामा भुग्राती, आछामी, रम्तेल, रोकाया, बसेल, ब्रहृमशाखा थर गरेका सार्कीहरूको बसोबास पाइन्छ । ६० घरधुरी भएका  सार्की चिसापानीको कुल जनसंख्यामा ९ प्रतिशत रहेका छन् । सार्कीहरूको परम्पराअनुसार छोरा जन्मिएमा सात दिनमा र छोरी जन्मिएमा पाँच दिनमा न्वारन गर्ने चलन छ ।
सार्कीहरू आफ्नो छोरालाई कर्म चलाउने क्रममा सातदेखि नौ वर्षका बीचमा लगौंटी दिएर चलाइने गरेको पाइन्छ । त्यपपछि छोराको विवाहमा छोरी पक्षलाई रीत दिने चलन पनि अद्यावधि छँदैछ । रीतको नियमभित्र एक मुरी चामल, १० पाथी जाँड बनाउने अन्न (मकै, कोदो आदि) अनि ११ रूपियाँ नगद र पा“चवटा कुखुरा दिनुपर्ने चलन छ ।
चिसापानीमा बसोबास गर्ने सार्कीहरूलाई समग्रमा ‘सार्की’ थरले सम्बोधन गरिन्छ । ‘सार्की’ सम्बोधन गरिएकोमा ज्ञानबहादुर सार्की ‘माथिल्लो जातिका कलम चलाउनेले हाम्रो थर हराइदिए, हामी मुग्राती हौ“’ भनी गुनासो गर्छन् ।
रीत खाने चलनको सन्दर्भमा चौहानटारका पुन्नरे सार्की र सल्लेरीका ज्ञानबहादुर सार्कीले आफूले रीत नखाई उदाहरण बनेको र नयाँ चलन बसालेका छन् ।
तर, कसै–कसैले हालसम्म पनि आफ्नो परम्परा छाडेका छैनन् । यिनीहरूमा कर्म चलेको मानिसको मृत्यु भएमा १० दिनमा क्रिया सकिन्छ । तर, सकिने दिन सोमबार वा बुधबार परेमा ९ दिनको दिन सम्पूर्ण काम सक्ने गर्दछन् । अरूको क्रिया बस्नुपर्दा मृत्यु भएको ७ दिनदेखि बसेर १० दिनमा सकिन्छ । यिनीहरूको पुरेत ज्वाइ“ वा भान्जा हुने गर्दछन् ।
यस गाविसको वडा नं. २, ७ आदिमा कामीहरूको नगन्य वस्ती पाइन्छ । यिनीहरू आफ्नो पुर्खौली पेशा फलाम, आल्मुनियम आदिका भाँडा बनाउने काम गर्दैनन् । यस गाउँका कामीहरू आफूलाई ‘सुनार’ भनेर चिनाउन चाहन्छन् । पुरानो प्रचलनमा ‘विश्वकर्मा’ जातिले परिचित यो जातिका मानिसहरू अहिले सुनको काम, खेतीपाती आदि व्यवसाय गरेर जीवनयापन गर्दछन् ।
यिनीहरूको र सार्कीको परापूर्वकालमा विवाह चल्दथ्यो । तर, दशैंमा साँप्रो विवाद परेका कारण विवाह रोकिए पनि अरू चलनमा सामीप्यता पाइन्छ । सार्की र कामी समान जातीय वर्गमा रहे तापनि एक–आपसमा ढि“डो र दाल नचल्ने कुरा कृष्णबहादुर सुनेल बताउ“छन् ।
६. दमाई
यस गाविसको वडा नं. १, ३ र ५ मा छरिएर रहेका दमाई लगभग १५ घरमा सीमित छन् । समग्रमा ‘दमाई’ भनेर चिनिए पनि यिनीहरू भुषाल र सुन्दास गरेर दुई थरका छन् ।
यिनीहरूको परम्पराअनुसार छोराछोरी जन्मिएको  ७ दिनमा न्वारन गर्दछन् । सुत्केरीलाई ११ दिनपछि पानी छुवाउने प्रचलन कायम छ । छोराछोरी जन्मिएको ६ महिनामा भातख्वाइ गर्ने दमाईहरू ५ वर्षमा छेवर गर्दछन् । छेवर गर्दा मामाले कपाल थाप्नुपर्ने परम्परा छ ।
यिनीहरूको कर्म चलाउने छुट्टै नियम केही नभएकोले विवाहमा रीत खाने पुरानो चलन अझै पूर्णरूपमा हटिसकेको छैन । यिनीहरूको रीतमा १० पाथी चामल, एउटा सुंगुर, दुईवटा कुखुरा र ८ देखि १० पाथीसम्म रक्सी केटीपक्षले केटापक्षबाट लिने गरिन्छ । तर, अचेल यो इच्छाधीन हुन थालेको छ । हिजोआज यिनीहरूको विवाहमा अठोट लगाउँदा रक्सी एक पुङ्क र अठोटको कागज दिइन्छ । यही कागजको नियममा रहेर विवाह सम्पन्न गरिन्छ ।
यिनीहरूमा बूढापाकाको मृत्यु भएमा क्रमश ः १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने अर्थात् सोमबार वा बुधबार परेमा ९ दिनमा नै सक्ने चलन छ । दमाईको काजक्रियामा पुरेतको आवश्यता पर्दैन । तर, विवाहमा भने पुरेत चाहिन्छ ।
७. मगर
यस गाविसको वडा नं. १ मा मगरको बाहुल्य छ । यहाँ आले, सारू, पुलामी, किंग्रिङ, बुढामगर बसोबास गर्दछन् । ४१ घरमा बाँडिएर रहेका मगरहरू चिसापानीको कुल जनसंख्याको ६ प्रतिशत छन् ।
यिनीहरू आफ्ना छोराछोरी जन्मिएको ७ दिनमा न्वारन गर्दछन् । छोरीको ५ महिनामा भातख्वाइ गर्दछन् र छोराको चाहिँ ६ महिनामा । विवाह बाहुनको परम्पराअनुसार हुने भए पनि यिनीहरूको पनि विवाहको अठोटको समयमा रक्सी, सेल आदि केटापक्षबाट ल्याउने र खानेपिउने परम्परा छ । पुरानो चलनमा रीत खाने भए पनि हाल त्यो चलन प्रयोगमा पाइन्न । पोइला जाने, घिस्याउने आदि कार्य गरेर पनि स्वास्नी तुल्याउने चलन यिनीहरूमा पाइन्छ ।
यिनीहरूको मृत्युमा लगातार १० दिनमा काम सक्ने परम्परा छ । यदि बार परेन भने यिनीहरू पनि ९ दिनमा नै काम सक्छन् । यिनीहरूको काजक्रियामा बाहुन चाहिन्न । तर, भोलिपल्ट रुद्री लगाएपछि चोखिन्छन् र काजक्रियाको वार्षिक बोझबाट मुक्त हुन्छन् । यिनीहरूको मृत्यु हुँदा ज्वाइँचेलालाई डालो बोक्न लगाइन्छ । पुरानो परम्पराअनुसार ज्वाइँ नभए साइनो मिल्नेले बोक्ने चलन पनि रहेको छ ।
८. माझी
चिसापानी गाविसको ८ र ९ वडामा माझीहरूको वस्ती रहेको छ । माछा मारेर र डुंगा चलाएर जीविका चलाउने पुख्र्यौली पेशाका कारणले होला, माझी जातिको बसोबास कोशी किनारमा रहेको पाइन्छ । पुख्र्यौली पेशा जे भए तापनि शिक्षा, विकास, सञ्चारका प्रभावले माझीहरूले पनि आजकाल विभिन्न पेशा अ“गालेको पाइन्छ । यो जातिको विवाह आÇनै जातमा हुने गरेता पनि अन्य जात जस्तै दरै, दनुवार, कुमान, आदि जातिमा पनि गरेको पाइन्छ । यस जातिमा बच्चा (शिशु) जन्मे पछि शिशुको भाग्य लेख्नको लागि छैटौ दिनमा भावि आँउछ भन्ने विश्वास माझीहरू झाम्रे नाचेर रातभरि जागा बस्छन् । त्यस दिन दाजुभाइ र इष्टमित्रलाई बोलाई खानपान गर्ने चलन छ । बच्चा जन्मेको ३ दिनदेखि ७ दिनमा नामकरण (न्वारान) गर्ने गर्छन ।
यसरी नामकरण गर्दा बच्चा जन्मेको बार, ठाँउ र महिनालाई आधार बनाएर राखिने चलन भएता पनि हाल यो चलन विस्तारै हट्दैछ । छोराको ६ महिनामा र छोरीको ५ महिनामा अन्नप्राशन गर्ने चलन छ । छोराको ५, ७ वा ११ वर्षको छेवर (कपालको रौ फेदैदेखि फाल्ने प्रथा) गर्ने गर्छन् । छेवरमा मामाले वालकलाई गाउँको गोठमा दाम्लाले बाँधि एकमाना चामलको पिठोको सेलरोटी ख्वाई कपालको रौं फालिदिन्छ । माझीहरूको प्रमुख चाडपर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा, वैशाख पूर्णिमा, धान्य पूर्णिमा, फागु पूर्णिमा, असारे पूजा, बिहीबारपूजा, साउने संक्रान्ति, माघे संक्रान्ति, चैते दशैं प्रमुख छन् । उनीहरूले विशेष रूपमा मनाउने पर्वहरूमा दशैं, तिहार, ठूली एकादशी, कोशीपूजा र सो¥हश्राद्ध हुन् ।
माझी जातिमा मानिसको मृत्यु भएमा खोला वा नदी किनारमा लगेर जलाउने÷गाड्ने गर्छन् । यो जातिकाले ११ दिनसम्म काजक्रिया गर्दछन् । मानिस मरेको ११ दिनमा ११ वटा चुला बनाई भोज खुवाउने र मृतकको सम्झनामा बर्खी गीत गाउ“छन् भने १२ दिनमा क्रिया बसेका ठाउँमा नै मृतकको नाउँमा थारो भैंसीको बलि दिई नाचगान गरी भोजभतेर गर्ने चलन छ । यसरी माझीहरू मृतकको काजक्रिया सम्पन्न गर्दछन् ।
उनीहरू चौथो दिन केरा भुटेर खाने, छैटौ“ दिन घोत मिसाउने चलन छ । (राजऋषि कँडेलको T.U.M.A) सोधपत्र ‘रामेछाप जिल्ला चिसापानी गा.वि.स.का माझी जातिको सांस्कृतिक पक्षः एक अध्ययन’ बाट साभार)
धर्म, संस्कृति, जाति र भाषा
यस गाविसका प्रमुख जातिहरूमा बाहुन, क्षेत्री, नेवार, सार्की, माझी, मगर, दमाई आदि हुन् । यिनीहरूमध्ये बाहुन–क्षेत्री २२.४ प्रतिशत, नेवार ३४.८ प्रतिशत, माझी १५.५ प्रतिशत, सार्की ९.८ प्रतिशत, मगर ६.७ प्रतिशत रहेका छन् भने कामी, घर्ती, दमाई र अन्य गरेर ८.८ प्रतिशत रहेका छन् ।
यस गाविसमा बसोबास गर्ने मगर, नेवार र माझीले आफ्नो भाषा बोल्छन् भने यिनीहरूको सम्पर्कभाषा नेपाली हो । बाँकी सम्पूर्ण जातिहरू नेपाली भाषा बोल्छन् । यस गाविसका मानिसहरू परम्पराअनुसार हिन्दुधर्म मान्छन् । हिन्दुधर्म माने पनि अरू धर्मप्रति पनि उत्तिकै श्रद्धा राख्छन् । जनैपूर्णिमा, गाईजात्रा, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, दशैं र तिहारलगायत भत्तेरेदेवी पूजा आदि सामूहिक र जातीय परम्परा कायम रहेको भए तापनि एक जातिको संस्कृतिले अर्को जातिलाई हानि–नोक्सानी हुने काम भने कसैले गर्दैनन् । एक–आपसमा सहयोगको भावना सबैमा पाइन्छ ।
प्रस्तुत कर्ता
–श्रीप्रसाद घिमिरे
Continue Reading | comments

BULBUL 206 : (07-08-2013/2070-04-23) अन्तर्वाता विशेष : Download

ADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 206 
Host : Achyut Ghimire   
Date : (31-07-2013/2070-04-16)  
FB : Facebook Page

आज बुलबुलमा ३ गजलकारहरुसँगको अन्तर्वाता विशेषमा सुर्खेतका बासुदेभ गौतम आश्रृत, गुल्मीका शेखर बिकल्प र मकवानपुरका धर्मराज स्याङ्तान रहनुहुनेछ ।

शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2070 साउन 16 गते तदनुसा 31-July -2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 206) लिएर उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन ।
यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
 बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download
                  Download :Click Here to Download Episode 206
Ram Sharan Shrestha
Thank you
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.