.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







SMRITIKA PANA 2071 -02-12 Yekal Bachan Manthali with Peshal AAcharya

Monday, May 26, 2014


स्मृतिका पानाको यो अंकमा स्रष्टा संगम रामेछापको आयोजनामा जेठ १० गते शनिवार सदरमुकाम मन्थलीमा अक्षरयात्रा अभियान अन्तरगत साहित्यीक कार्यक्रममा कवि पेशल आचार्यले ११ वटा कविता, एकल बाचन गर्नुभएको थियो । उहाँको वारेमा थप जानकारी सहितको साहित्यिक रिपोर्ट र सोहि कार्यक्रममा बाचन भएका कविता , इमेल ,फेशबुक मार्फत प्राप्‍त गजल समावेश रहेको छ । कार्यक्रम स्मृतिका पानामा सुन्न नभुल्नुहोला ।। @ Prajwal Paudel 2071-02-12

साहित्य सँग हरेक मानिसको नाता गाँसिएको हुन्छ सम्वन्ध जोडिएको हुन्छ ।

Continue Reading | comments

Smritika Pana 2071-01-29 Last Week @ Prajwal Paudel - Radio Ramechhap 95.8 mhz

Tuesday, May 13, 2014

हरेक मानिसका आ–आफ्नाा भावना र कल्पना हुन्छन्, हरेक मानिसमा नयाँ–नयाँ विचार उठ्छ, हरेक मानिसका केही न केही काम र कुराहरू पर्छन् । यही सिलसिलामा आफ्नाा मनको भाव अरुको सामुन्ने व्यक्त गर्न थाल्छ । मनको भाव व्यक्त गर्ने दुइटा तरिका छन् – बोलेर र लेखेर । बोलेर भन्दा लेखेर व्यक्त गरिएको भाव अमिट हुन्छ । रचनाको लागि चाहिने मूल तत्व भाषा हो । मनको भाव व्यक्त गर्ने सार्थक ध्वनिको समष्टि तथा लिखित अक्षरलाई नै भाषा भनिन्छ । भाषाको माध्यमबाट मानिसले आफ्नाा मनका भावविचारहरूको आदानप्रदान गर्दछ । यसरी मनभित्र उठ्ने हरेक प्रकारका भावनाहरूलाई भाषाका माध्यमले गरिने कलात्मक अभिव्यक्ति नै साहित्य हो । यस संसारका प्रकृति एवं यहाँका जीवनको अभिव्यक्ति मानिसले विभिन्न किसिमले गर्न सक्तछ । जब यस जीवनजगत्को अभिव्यक्ति सौन्दर्यपूर्ण भाषाका माध्यमले कलात्मक रुपमा गरिन्छ तब त्यो साहित्य हुन्छ ।@ स्मृतिका पाना # प्रज्वल पौडेल #
Continue Reading | comments

भ्यालेन्टाइन मनाउँदा ३२ वर्ष कैद

Saturday, May 10, 2014

रियाद (एजेन्सीहरू), वैशाख २८ - महिला साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच युवालाई साउदी अरबको एउटा अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको छ । उनीहरूलाई अल फारुक क्षेत्रको भाडाको घरबाट गत १४ फेब्रुअरीमा पक्राउ गरिएको थियो ।
 
उनीहरूमाथि महिलासँग अवैध सम्बन्ध बनाएको, नाचेको र रक्सी पिएकामा दोषी ठहर गरिएको छ । पार्टीमा सहभागी ६ महिलालाई अहिलेसम्म सजाय सुनाइएको छैन । पुरुष अभियुक्तहरूले भने जेद्दाहस्थित क्रिमिनल कोर्टसामु अपराध स्वीकारेका छन् । मुस्लिम सरिया कानुन कार्यान्वयन गर्ने सरकारी एजेन्सी कमिसन फर द प्रमोसन अफ भर्चु एन्ड पि्रभेन्सन अफ भाइस (सीपीभीपीभी) र सुरक्षाकर्मीको गस्तीले ती ११ जनालाई कब्जामा लिएको थियो ।
 
सीपीभीपीभीले सरिया कानुन अबज्ञा गर्नेमाथि निगरानी राख्छ । यसलाई धार्मिक प्रहरी पनि भनिन्छ । यसले धर्मको मार्गमा समाज चल्नुपर्ने भन्छ ।
 
सीपीभीपीभीमा झन्डै ४ हजार प्रहरी छन् । तिनलाई साउदी राजा अब्दुल्लाहले सीधै नियुक्त गर्छन्, जसलाई असीमित अधिकार दिइएको हुन्छ । त्यसका अधिकारीहरूले सार्वजनिक स्थानमा डे्रस कोड, महिला र पुरुषका अलग-अलग पंक्ति, नमाज (इस्लामका प्रार्थना), नमाजको समय र नागरिकको अनुचित व्यवहारजस्ता कुरामा निगरानी गर्छन् । त्यहाँको कानुनअनुसार भ्यालेन्टाइन डे मनाउन पाइँदैन । मदिरा सेवन निषेधित छ । महिलाले परम्परागत पहिरन लगाउनुपर्छ । परिवारका सदस्यबाहेक महिला-पुरुषको निकटता बर्जित छ ।
 
सञ्चारकर्मी पनि जेलमा
 
धर्मबारे टिकाटिप्पणी गरेको भन्दै साउदीकै अदालतले वेबसाइट सञ्चालक रइफ बदाबीलाई यो साता १० वर्ष जेल, हजार कोर्रा र १० लाख रियाल जरिवाना सुनाएको छ । उनलाई सन् २०१२ को जुनमा साइबर क्राइम गरेको भन्दै पक्राउ गरिएको थियो ।
 
 सन् २००८ मा स्थापना भएको फ्रि साउदी लिबरल नेटवर्क बेबसाइटका उनी संस्थापक हुन् । उनको बेबसाइटले परम्परावादी इस्लामिक राज्यमा धर्मको भूमिकाबारे बहस चलाएको थियो ।
 
उनले एक टेलिभिजन अन्तर्वार्तामा धार्मिक प्रहरीको आलोचना गरेको र पिताको आदेश नमानेको अभियोग पनि थियो । उनको वेबसाइटले साउदी धार्मिक व्यक्तित्व ग्रान्ड मुफ्तीको आलोचना हुने गरी लेख पनि प्रकाशन गरेको थियो । यसअघि उनलाई ती आरोपमा ७ वर्ष कैद र ६ सय कोर्राको सजाय सुनाइएको थियो । पुनरावेदन अदालतमा पुनः सुनुवाइ गरिँदा सजाय थपिएको हो ।
 
एमनेस्टी इन्टरनेसनलले अदालतको यो फैसलालाई 'उपद्रव' भनेको छ । उसले बदाबीलाई दिइएको सजाय रद्द गर्न आग्रह गरेको छ । सरकारी अभियोजन पक्षले भने उनलाई मृत्युदण्ड माग गरेको थियो । अलिखित कडा मुस्लिम कानुन अनुसरण गरिने उक्त मुलुकमा अदालतका जुनसुकै फैसलालाई आश्चर्य मानिँदैन । नजिर वा लिखित कानुनभन्दा न्यायाधीशकै व्याख्यामा फैसला हुन्छ ।
 
यो कठोर कानुनबाट महिला र पुरुष बराबर पीडित छन् । तेल भण्डार रहेको यस मुलुकमा महिलालाई सार्वजनिक स्थलमा गाडी चलाउनसमेत प्रतिबन्ध छ । उनीहरूले घर कम्पान्ड र मरुभूमिमा मात्र ड्राइभिङ गर्न पाउँछन् ।
 
४५ वर्षभन्दा कम उमेरका महिला यात्रामा निस्कँदा बुवा, काका, दाजु/भाइ वा पति साथमा हुनैपर्छ । घरमा पुरुष नभएमा घुमफिरका लागि लिखित अनुमति लिनुपर्छ । सार्वजनिक स्थलमा सांगीतिक कार्यक्रम र विद्यालयमा संगीत शिक्षामा प्रतिबन्ध छ ।
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.