.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







SMRITIKA PANA 2070-12-10 SECOND WEEK

Monday, March 24, 2014

आफैँ हुन्छ मित्रता प्रयास गर्नै पर्दैन । देख्ने बित्तिकै मित्रभाव पैदा हुन्छ, आफन्तभाव पैदा हुन्छ । अनि मन पर्छ सबैसबै कुरा । मित्रको कुनैपनि कुरा अर्काे मित्रलाई खराब लाग्दै आफैँ हुन्छ मित्रता प्रयास गर्नै पर्दैन । देख्ने बित्तिकै मित्रभाव पैदा हुन्छ, आफन्तभाव पैदा हुन्छ । अनि मन पर्छ सबैसबै कुरा । मित्रको कुनैपनि कुरा अर्काे मित्रलाई खराब लाग्दैन । किनभने मित्रले मित्रलाई खराब हुनै दिँदैन ।
बाहिरी आवरण हेरेर, तिम्रो तर्क र शब्द सुनेर तिमीलाई कसैले चिन्न सक्दैन । न हामी कसैलाई चिन्छौ तर हामीलाई हेरेर जो खुलेर हाँस्छ । हामीलाई हेर्दा जसको आँखामा प्रेम र आत्मियता झल्कन्छ । आफुसँगको भेटमा जो जमेर बस्छ । भेट्ने बित्तिकै जो रमाउँछ । जो आडम्बरको कुरा गर्दैन । आफ्ना कमजोरी पनि जो खुलेर बताउँछ, आफ्नो सफलतालाई जसले बढाईचढाई भन्दैन र आफ्नो दुःखलाई जसले तिम्रो मन कुडिने गरी पनि बताउँदैन त्यो तिम्रो वास्तविक प्रेमी हो, मित्र हो । जोसँग बस्दा तिमीलाई समय बितेको पत्ता हुँदैन, जसलाई छाड्दा तिमीलाई शून्यता महसुस हुन्छ । जसको कुरा काटेको सुन्दा नराम्रो लाग्छ र जसको प्रशंसा सुनेर आनन्द लाग्छ त्यसका ेहामी असल मित्र हौँ, प्रेमी हौ ।
@ SMRITIKA PANA

हुनत मानिस समय अनुसार परिवर्तन हुदै जान्छ , तर पनि आफुलाइ मन परेको बेला भावनामा डुवेको बेला कुनै प्रेमीकाले आफ्नो प्रेमीलाइ चिठी पठाउदै भन्ने गर्छिन ,कुनै मित्रको बिशाल भावना पढ्न पाउँदा भोक तिर्खा हराएका, अनि तिनै भावनाको कदर गर्न नसक्ने , जति कदर गरेतापनि अधुरै रहन्छ । जसरी कहिल्यै  सागर रितिदैन, अनि हाम्रो मित्रतामा यति शितल ता छ भनेर बल्ल हिजो आज न्यानो आभास पाइरहेको छ जहाँ हामीले रोपेको सानो मित्रतारुपी विरुवा आज वढेर चर्को घाममा शितलता प्रदान गर्ने डाडाका बर पिपलु जस्तै भएको तर पनि हामी एक अर्कोलाइ विस्वास गरेनौ भने अनि असली मित्रता पहिचान गर्न सकेनौ भने जुन मित्रता सफलता नहोला भन्न सकिन्न ।हाम्रो नाता आकाशमा रहेको धु्रवतारा जस्तै अटल र अमर रहेर सधैँ चम्कीरहेको छ फेरी हाम्रो सम्वन्ध चन्द्रमाको चाँदनी जस्तै सधै घाम र छायाँ जस्तै सँगै रहनेछ त्यसैले हाम्रो सम्वन्ध वा हाम्रो निश्चल भावनात्मक नातालाइ चुडिन्छकि, छुट्छकी, टुट्छकि भनेर नसोच्नु भन्दै फकाउनु, चिठी आदन प्रदान गर्नु भएको होला ति दिनहरु नियाल्दै हुनुहोला विश्वास नै हो संसार हाक्ने उपकरण भन्छन् साथीलाइ अनुरोध या आग्रह गर्दै यो साथलाइ निरन्तरता दिइनै बस्नुहोला जस्तो सुकै परिस्थीतीमा पनि नतोड्नुहोस्, यो साथ नछोड्नु होला यी सहयोगी हातहरु तिम्रै लागी दिर्घरहन्छन् कहिल्यै घातमा परिणत हुदैनन् भन्दै फकाउनु
हुन्थ्यो होला । आज निरन्तरता दिन सक्न भएको छ या छैन के भइ रहेको छ मनन गर्दै रहनु भएको होला । समयलाइ चिन्न नसक्दा अनि अरुको लहै लहैका लाग्दा पाएका दुख कष्ट आसु हासो सम्पूर्ण सम्झदै हुनुहुन्छ होला। अनि कलमका डोवहरु अगाडि बढाउदै हुनुहून्छ होला हुनत आफ्नै मायालुले लेखेका शब्दहरु अक्षरहरु सुन्दर बुट्टा कुदेझै लाग्छन् लपपतिएको पत्तै पाउनु हुन्न । @ PRAJWAL PAUDEL
Continue Reading | comments

Smritika Pana 2070-11-26 Pravu bibas Interview Last Monday

Monday, March 10, 2014

स्वर्णीम विहानी साहित्यिक प्रतिष्ठान सितलपाटी ६ सिन्धुलीका अध्यक्ष प्रभु विवस सँग प्रज्वल पौडेलले लिएको अन्तवार्ता 2070-11-26
गजल त्यो छन्दवद्ध, लालित्यपुर्ण र श्रुतिमधुर भाव तथा अनुभुतिको तरंग मिश्रीत श्रृंगारीक रस हो, जसमा रुप सौन्दर्यको वखान गरिएको हुन्छ वा प्रेम-प्रणयका अभिव्यक्तिहरुले भरिपुर्ण हुन्छन् ।

यद्यपी, आधुनिक गजलको विकाससंगै  गजलको परिभाषा र क्षेत्रपनि व्यापक र विस्तृत वन्दै गइरहेको छ । यस्तो अवस्थामा मायाप्रेम या प्रणय-पिरतीमा मात्रै नअल्झेर गजलले राष्ट्रप्रेम, सामाजिक विकृति देखी लिएर समसामयिक व्यंग्य समेत कस्न भ्याएको छ । हरेक क्षेत्रलाइ सरसतापुर्वक समेट्न सकेकाले नै गजल अचेल साहित्याकाशमा निरन्तर चम्कंदै गइरहेको पाइन्छ । त्यसैले यि परिभाषाहरूलाइ अझै व्यापक अर्थमा प्रष्तुत गर्नु गजलका लागी अनिवार्य भइसकेको छ ।@ स्मृतिका पाना # Prajwal Paudel

Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.