.

लुनिभा मोवाईल सेन्टर मन्थली ४ , रामेछाप यहाँ हरेक किसिमका मोवाईल मर्मत तथा विक्रि गरिन्छ सम्पर्क ९854040330।







गजल - नजाउ

Tuesday, December 31, 2013

गजल
नजाउ –
प्रज्वल पौडेल “पि स्क्वाएर”
दुइ आत्माको मिलन हाम्रो छुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।

शब्द शब्दमा अविरल बग्छ मायाको छाल
मधुर तिम्रो बचनले कुटाएर नजाउ ।।

अस्मिताको सवाल छ यहाँ नारी होस् या पुरुष
सुनकोशीको बगरमा लुटाएर नजाउ ।

भगवानले मेरो लागी नै पठाइदिए तिमी
आउ, अनायसै शत्रुता जुटाएर नजाउ ।।

स्मृतिमा कोरेका सपना पुरा गरौ मिलेर
कोमल मुटु सिसासरी फुटाएर नजाउ
पवित्र यो सम्बन्धलाइ टुटाएर नजाउ ।।।

सैपु ७, रामेछाप
हाल रेडियो रामेछाप ९५.८ मेगाहर्जमा कार्यरत
Continue Reading | comments

स्मृतिका पाना २०७० पौष १ गते सोमवार

Tuesday, December 17, 2013

मित्रहरु विणाको तार खुकुलो पार्‍यो भने विणा नै बज्दैन र ज्यादै कसियो भने तार नै चुडिन्छ । दुबै अवस्थामा विणाले निकाल्नुपर्ने संगीत निकाल्न सक्दैन । विणाबाट मधुर संगीत निकाल्नका लागि जसरी विणाको तार ठिक्क कसेको हुनुपर्छ । त्यसैगरी जीवनको संगीत बजाउनका लागि, जीवनको आनन्द र रसास्वादन लिनका लागि जीवनको व्यवहार र गति साम्यक अर्थात् ठिक्क अवस्थामा हुनुपर्छ । दैनिक जीवनमा कुनैपनि कार्यमा अति गर्नु हुँदैन ।@ स्मृतिका पाना-प्रज्वल पौडेल
Continue Reading | comments

साथीसँग भलाकुसारी २०७० साल म‌ंसिर २९ गते शनिवार

Saturday, December 14, 2013

रेडियो रामेछापको पृथक साप्ताहिक कार्यक्रम साथीसँग भलाकुसारीमा ,कथा , रिपोर्ट , तपाइकै लेटर सेग्मेन्टवाट सन्देशका साथै मनोरञ्जन दिने हाम्रो प्रयास सुन्न नभुल्नुहोला। प्रतिक्रियाका लागी Radioramechhap@yahoo.com  मा दिनुहोला । रेडियो रामेछाप परिवार
Continue Reading | comments

SMRITIKA PANA 2070-8-24 Monday - PRAJWAL PAUDEL

Monday, December 9, 2013

साहित्यको यो  अथाह सागरमा सिर्जनाका असङ्ख्य मोती फूलाउने तपाईं सर्जकहरुको मन र यसका इमान्दार पारखीहरुको पवित्र आँखा यी दुबै हाम्रो प्रयासको प्रतिरुप हो ।@स्मृतिका पाना
 PRAJWAL PAUDEL RADIO RAMECHHAP
Continue Reading | comments

shor sangam 2070-8-18

Friday, December 6, 2013

Continue Reading | comments

पियास लागे तिर्खा मेट्ने

Thursday, December 5, 2013

गजल
पियास लागे तिर्खा मेट्ने, मूल तिम्रो गाँउमा छ
दिनरात सुवास दिने, फूल तिम्रो गाँउमा छ ।

मनका इच्छा पूरा गर्न, यात्रा अघि बढ्यो भने
किनारबाट खोली तार्ने, पुल तिम्रो  गाँउमा छ ।।

मलाई दिन सुहाउने, चोखो प्रितको सौगात
थकानमा विश्राम लिने, टुल तिम्रो गाँउमा छ ।।।

कोईलीको झै मिठो बोली, प्रकृतिको सौन्दर्यता
स्वागत गर्न पर्खिएको, तुल तिम्रो गाँउमा छ ।।।।

मदिराको मात जसरी, टाढा बस्न नसकिने
यौवनमा गर्नु एउटा, भुल तिम्रो गाँउमा छ ।।।।।

प्रज्वल पौडेल सैपू ७ रामेछाप 2068-08-
रेडियो रामेछाप ९५‍.८ मेगाहर्ज 
Continue Reading | comments

रहर कस्तो हो ।

Tuesday, December 3, 2013

गजल
प्रज्वल पौडेल “पि स्क्वाएर”
नपिलाउदै लागीहाल्ने, जहर कस्तो हो,
उनकै साथ चाहिरहने, रहर कस्तो हो ।

अतित सबै भुलिदिन्छु, मधुर वोली सँगै
उनी पाए सधै हाँस्ने, बहर कस्तो हो ।

हिजो आफ्नै प्रेमी भन्यौ, आज पागलपन
कोमलनि कठोर बन्ने, सहर कस्तो हो ।।

कहिले हाँसो कहिले आँशु जे दिएपनि
मेरो मुटु कलेजी उनी,ठहर कस्तो हो ।।

सुनौलो विहानी देखि, आँखा नचिम्ले सम्म
अविरल बगीरहने, नहर कस्तो हो ।।।

कतै जोड्दा कतै तोड्दा, पाएन्छ के आखिर
स्मृतीमा अमर प्रेमको, लहर कस्तो हो ।।।।
सैपु ७, रामेछाप
Continue Reading | comments

Smritika Pana

Smritika Pana
नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास... गजल मार्फत बहकाउने एउटै कार्यक्रम

Contact Form

Name

Email *

Message *

Followers

Radio Ramechhap designed by Chisapani Nepal Blog Template 2013. Powered by Blogger.