गजल
प्रज्वल पौडेल “पि स्क्वाएर”
नपिलाउदै लागीहाल्ने, जहर कस्तो हो,
उनकै साथ चाहिरहने, रहर कस्तो हो ।
अतित सबै भुलिदिन्छु, मधुर वोली सँगै
उनी पाए सधै हाँस्ने, बहर कस्तो हो ।
हिजो आफ्नै प्रेमी भन्यौ, आज पागलपन
कोमलनि कठोर बन्ने, सहर कस्तो हो ।।
कहिले हाँसो कहिले आँशु जे दिएपनि
मेरो मुटु कलेजी उनी,ठहर कस्तो हो ।।
सुनौलो विहानी देखि, आँखा नचिम्ले सम्म
अविरल बगीरहने, नहर कस्तो हो ।।।
कतै जोड्दा कतै तोड्दा, पाएन्छ के आखिर
स्मृतीमा अमर प्रेमको, लहर कस्तो हो ।।।।
सैपु ७, रामेछाप
प्रज्वल पौडेल “पि स्क्वाएर”
नपिलाउदै लागीहाल्ने, जहर कस्तो हो,
उनकै साथ चाहिरहने, रहर कस्तो हो ।
अतित सबै भुलिदिन्छु, मधुर वोली सँगै
उनी पाए सधै हाँस्ने, बहर कस्तो हो ।
हिजो आफ्नै प्रेमी भन्यौ, आज पागलपन
कोमलनि कठोर बन्ने, सहर कस्तो हो ।।
कहिले हाँसो कहिले आँशु जे दिएपनि
मेरो मुटु कलेजी उनी,ठहर कस्तो हो ।।
सुनौलो विहानी देखि, आँखा नचिम्ले सम्म
अविरल बगीरहने, नहर कस्तो हो ।।।
कतै जोड्दा कतै तोड्दा, पाएन्छ के आखिर
स्मृतीमा अमर प्रेमको, लहर कस्तो हो ।।।।
सैपु ७, रामेछाप
No comments :
Post a Comment