साहित्यकार शिल्पी हो । स्रष्टा पनि हो । भौतिक जगतबाट आत्मसात गरिएका विषय वस्तु नै साहित्य सृजनाका खुराकहरू हुन् । साहित्य र समाज अङ्गाङ्गी भएर आएको हुनाले समाजको हित साधन गर्नका लागि लेखिन्छ । कुनै जातिको सिङ्गो रूप दर्शाउनका लागि साहित्य नै माध्यम हुन्छ । साहित्यले जातिको रेसा–रेसा केलाएर देखाइदिन्छ । साहित्य जनताका लागि लेखिन्छ अर्थात् मानव हितका लागि लेखिन्छ । मेरा लागि साहित्य जीवन सरिता हो र यसमा डुबुल्की मार्दा अपार आनन्द आउँछ ।
प्रज्वल पौडेल, पि स्क्वाएर, रेडियो रामेछाप - स्मृतिका पाना
No comments :
Post a Comment