गजल
तिमी बिना यो जीन्दगी, कसैगरी बहन्न है
माया मारी गयौ भने, जिउदो म रहन्न है ।
तिम्रो त्यो सुन्दर रुप, लजालु ति नयनमा
अश्रुधारा मेरो अघि, बगेको त सहन्न है ।।
खायौ बाचा कुनै रात, एकान्तमा रहदा म
कस्तो भाथ्यो तिम्रो मन, सबै कुरा कहन्न है ।।।
याद तिम्रो आउछ सधैँ, प्रेमको बचन चुक्दा
मेरो मुटुको धड्कन, अरु सँग बहन्न है ।।।।
कहि कतै चित्त दुख्या, भए भन बरु आजै
पिर व्यथा लुकाएको, प्रज्वलले सहन्न है ।।।।।
PRAJWAL PAUDEL RADIO RAMECHHAP 95.8 MHZ

No comments :
Post a Comment